© २०२३
दशैं, तिहार र छठ जस्ता महत्त्वपूर्ण चाडपर्वको समापनसँगै पश्चिम नेपालमा एकसाथ मेला र महोत्सवको रौनक सुरु हुने गर्दछ ।
यो बर्षौंदेखिको नियमित प्रक्रिया बनिसकेको छ । यो बर्षपनि मेला र महोत्सवको निरन्तरता सुरु भैसकेको छ । भैरहवामा लुम्बिनी महोत्सव सुरुवात भएको छ । मणिग्राममा मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
बुटवलमा पुसमा रुपन्देही उद्योग सङ्घले पुसमा औद्योगिक प्रदर्शनी गर्दै छ । कपिलवस्तुको चन्द्रौटामा महोत्सव चलिरहेको छ भने बाणगंगाको मायादेवी रंगशालामा मेला सुरु भएको पाँच दिन भैसकेको छ ।
पश्चिम नवलपरासीको सुनवलमा बुधबारदेखि सुनवल महोत्सव सुरु भएको छ । बुटवल, भैरहवा, मणिग्राम र कपिलवस्तुमा मात्रै होइन, मेला र महोत्सवको रौनक गाउँ गाउँमा सुरु हुँदै छ । पश्चिम नेपालमा अहिले मेला र महोत्सवको रौनक सुरु भएको छ ।
निश्चित रूपमा मेला र महोत्सवले आर्थिक गतिविधि बढाउनेछन् । देश आर्थिक मन्दीको अवस्थामा रहेको बेला आर्थिक गतिविधि चलायमान बनाउने मेला र महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्छन् । मेला र महोत्सवले निश्चित रूपमा स्थानीय गतिविधि बढाउन सहयोग पुग्छ ।
स्थानीय उत्पादन प्रवर्द्धन गर्न टेवा पुग्छ भने त्यसका कारण औद्योगिक एवं व्यापारिक गतिविधि बढाउन सहयोग पुग्छ । मेला र महोत्सवको रौनकले नेपालमा औद्योगिक एवं व्यापारिक चहलपहलमा वृद्धि गर्न थप सहयोग पुग्छ भन्ने मान्न सकिन्छ ।
मुलुकमा आर्थिक सङ्कटको यो घडीमा समेत मेला र महोत्सव आयोजना हुनु राम्रो सङ्केत हो । मेला र महोत्सवले त्यस क्षेत्रको चहलपहलमा बृद्धिमात्र भएको छैन, स्थानीय गतिविधि वृद्धि गरी राष्ट्रिय उत्पादनमा सहयोग पुग्न सक्छ भन्ने ठान्न सकिन्छ ।
वास्तवमा देश सङ्कटमा हुँदा पनि आर्थिक गतिविधि बढ्ने अवस्थाले आशाको सञ्चार गर्दछ । यो भनेको जनता चलायमान छन् र देशले थोरै फड्को मारेको छ र यहाँको आर्थिक सूचकाङ्क राम्रो विन्दुमा पुग्न सक्छ भन्ने हो ।
निश्चित रूपमा अहिले देशमा विकास र निर्माणको काम मन्द जस्तै अवस्थामा छ । राष्ट्रिय पुँजीको प्रयोग शून्यजस्तै छ । राष्ट्रिय अर्थतन्त्र सुधारोन्मुख भन्दा पनि कमजोर र इतिहासकै कठिन मोडमा छ ।
मुलुकको यो अवस्था रहँदा पनि यहाँ भइरहेको गतिविधिले भने केही आशातीत सम्भावनालाई उजागर गरिरहेका छन् । मेला र महोत्सवको चहलपहलले देश आर्थिक सम्मृद्धितर्फ उन्मुख हुन ठुलो मद्दत गर्दछ ।
यस्ता गतिविधिलाई आगामी दिनमा पनि प्रवर्द्धन गर्नु आवश्यक छ । जे होस रूपन्देहीमा मेला र महोत्सवको चहलपहलले देशको आर्थिक विकासमा टेवा पुग्नेछ । मेला र महोत्सवलाई प्रवर्द्धन गर्नेतर्फ सरकारको पनि ध्यान जानुपर्दछ ।
फागुनमा हुने निर्वाचनमार्फत नयाँ सरकार निर्माणपछि पनि नेपालमा आर्थिक गतिविधि बढाउने यस्ता मेला र महोत्सवलाई बढावा दिनेतर्फ ध्यान दिनुपर्दछ । मेला र महोत्सवको बाढी आयो भन्ने गुनासोका बीच मेला र महोत्सवलाई व्यवस्थित बनाउनु जरुरी छ ।
मेला, महोत्सव आर्थिक तथा व्यावसायिक प्रबद्र्धनका लागि हो । यसको उद्देश्य मुलुकको पर्यटन क्षेत्र चिनाउने, पर्यटक आउने वातावरण बनाई पर्यटन प्रवर्द्धन गर्ने पनि हो । साना तथा मझौला उद्योगका उत्पादनको प्रचार प्रसार गरी तिनको विकास गर्ने हो ।
साना तथा मझौला उद्योग भएका क्षेत्रमा त्यहाँको नयाँ उत्पादनलाई महोत्सवमा प्राथमिकता दिनु जरुरी छ । उद्योगहरूले उत्पादनलाई प्रचार गर्न महोत्सवलाई माध्यम समेत बनाउने भएकोले मेला महोत्सवले आर्थिक विकासमा टेवा पु¥याउँछन् ।
मेला महोत्सवको उद्देश्य औद्योगिक जागरण सिर्जना गर्दै व्यापार व्यवसाय चलायमान गराउनु पनि हो । उद्योगका उत्पादन बजारीकरण गर्ने अवसर मेला र महोत्सवले सिर्जना गर्छन ।
तसर्थ मेला र महोत्सवलाई औद्योगिक जागरणको अवसरका रूपमा सदुपयोग गर्न सक्नुपर्दछ ।