Butwal Today

नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

११ मंसिर २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, ११ मंसिर ।

नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । हाल नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । अब यस अतिरिक्त २० मेगावाट थप गर्ने निर्णय भएको हो ।

बिहीबार बंगलादेशको ढाकामा आयोजित नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औँ बैठकमा सहमति जुटेको हो । बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव चीरञ्जीवी चटौत र बंगलादेशको तर्फबाट ऊर्जा सचिव फर्जना ममताजले टोलीको नेतृत्व गरेका थिए ।

त्यसै बैठकमा सुनकोशी ३ जलविद्युत् आयोजनाको लगानी प्रक्रिया अगाडि बढाउन बंगलादेशले आयोजना मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गर्ने र जेभीए छिटो टुंग्याउने सहमति समेत जनाएको छ ।