ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

सहकारीबाट रोजगारी र आत्मनिर्भर समाज निर्माणमा जोड : प्रदेश सांसद पन्थी

११ मंसिर २०८२, बिहीबार
११ मंसिर २०८२, बिहीबार

जितपुर, ११ मङ्सिर ।

लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीले सहकारी क्षेत्र देशको आर्थिक मेरुदण्ड भएकाले राज्य र सहकारी दुवै हातेमालो गर्दै रोजगारी सिर्जना, आत्मनिर्भरता र स्वावलम्बी समाज निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित ‘कोसेली घर तथा सहकारी बजार’को औपचारिक शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पन्थीले सहकारीहरूले निकै योगदान गरिरहे पनि केही सीमित सहकारीहरू व्यक्तिगत स्वार्थमा रमाउन खोजेको उल्लेख गर्दै सहकारीको मूल मूल्य, उद्देश्य र पारदर्शिताप्रति सबै गम्भीर हुनुपर्ने धारणा राख्नु राखेका थिए ।

प्रदेश सभा सदस्य पंथीले सहकारीको विकास र प्रवर्द्धनका लागि आफू निरन्तर दृढ रहिरहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि बाणगंगा नगर प्रमुख चक्रपाणि अर्यालले कोसेली घर स्थापनामा नगरपालिकाको दीर्घ तयारी, अध्ययन र लगनको फल भएको बताए । नगर प्रमुख अर्यालले यसको दिगोपनामा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै परियोजनालाई दीर्घकालीन दृष्टिकोणबाट अघि बढाउन आग्रह गरेका थिए ।

कपिलवस्तु उद्योग वाणिज्य सङ्घ अध्यक्ष गणेश बहादुर क्षेत्रीले स्थानीय उत्पादन, उद्यमी र व्यवसायीसँग सहकार्य गर्दै कोसेली घरलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके स्थानीय अर्थतन्त्र सुदृढ हुनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी चौधरी, कृषि विकास शाखा प्रमुख लेस बहादुर केसी, सहकारी विकास बोर्डका पूर्व कार्यकारी सदस्य तथा संस्थाका सल्लाहकार गुणानिधि भुसाल, सहकारी महासङ्घ लुम्बिनी प्रदेशका लेखा संयोजक तेज प्रसाद आचार्य, बाणगंगा नगरपालिका–२ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, वडा–८ का अध्यक्ष बाबुराम अर्याल, वडा–९ का अध्यक्ष कमल पौडेल, वडा–१ का कार्यवाहक अध्यक्ष लक्ष्मीकान्त क्षेत्री, पत्रकार महासंघका पदाधिकारी, सञ्चारकर्मीहरू संस्थाका शेयर सदस्य एवम् स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको कोषाध्यक्ष चिरञ्जीवी पन्थीले जानकारी दिएका थिए ।

उद्घाटन समारोहमा संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासे, उपाध्यक्ष कुलराज पौडेल र सचिव कृष्ण प्रसाद न्यौपानेको मन्तव्यमा सम्पन्न भएको कार्यक्रमको बारेमा व्यवस्थापक दिनामणी खनालले जानकारी गराएका थिए ।

सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्थानीय उत्पादनलाई स्थानीय बजारमै प्रोत्साहन दिने उद्देश्यसहित ‘कोसेली घर तथा सहकारी बजार’को औपचारिक शुभारम्भ गरेको छ । शुक्रबार बिहान ८ बजे आयोजित समारोहमा प्रमुख अतिथि, विशिष्ट अतिथि, स्थानीय प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थितिमा बजार सञ्चालनको घोषणा गरिएको हो ।

सहकारीको मूल मन्त्र “एकका लागि सबै, सबैका लागि एक” लाई अघि बढाउँदै सिनर्जीले यस परियोजनामार्फत किसान, महिला समूह, साना उद्यमी र स्थानीय व्यवसायीलाई दिगो बजार उपलब्ध गराउने लक्ष्य लिएको छ । स्थानीय स्तरमा उत्पादन छ तर बजार अभाव रहेको समस्या समाधान गर्ने उद्देश्यले ‘उत्पादन घरमै, बजार गाउँमै’ अभियान अन्तर्गत यो पहल सुरु गरिएको हो ।

नव–स्थापित बजारमार्फत किसानका तरकारी, फलफूल, अन्न, दाल, घ्यू, मह, दुग्ध–उत्पादनदेखि महिला समूहका हस्तकला तथा लुम्बिनी क्षेत्रका मौलिक पहिचानयुक्त सामग्री सहकारीमार्फत सीधै बिक्री–वितरण गरिनेछ। यसले बिचौलियाको भूमिका न्यूनीकरण गर्दै किसानलाई उचित मूल्य प्राप्त हुने संयन्त्र निर्माण गर्नेछ ।

सदस्यहरूका लागि सिनर्जीले विशेष लाभांश योजनासमेत लागू गरेको छ, जसअनुसार सहकारी बजारमा कारोबार गर्दा प्राप्त मुनाफाको २० प्रतिशत रकम पुनः सदस्यकै खातामा जाँदै आर्थिक सुरक्षामा थप योगदान पु¥याउनेछ।

सहकारी बजारको सञ्चालनले स्थानीय रोजगारी वृद्धि, उद्यमशीलता प्रवर्द्धन तथा बाणगंगा नगरपालिकाको समग्र आर्थिक गतिविधिमा नयाँ गति ल्याउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा बाणगंगा नगरपालिका, लुम्बिनी प्रदेश सरकार तथा सहकारीसँग सहकार्य गर्ने विभिन्न निकायहरूको सक्रिय सहयोगप्रति विशेष धन्यवाद व्यक्त गरिएको थियो।

सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाले सुशासन, पारदर्शिता र जबाफदेहिता कायम गर्दै सहकारी बजार र कोसेली घरलाई लुम्बिनी प्रदेशकै नमुना बजारका रूपमा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?