ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

डुडुवा नहर पुनःमर्मतले किसानमा उत्साह

११ मंसिर २०८२, बिहीबार
११ मंसिर २०८२, बिहीबार

बाँके, ११ मंसिर ।

लामो समयदेखि अलपत्र बनेको सिक्टा सिँचाइ आयोजनाअन्तर्गतको डुडुवा नहर यस वर्षको कार्तिक देखि पुनः मर्मत कार्य सुरु भएको छ ।

तीन वर्षे योजना अनुसार सुरु गरिएको मर्मत तथा पुनर्निर्माण कार्य रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रा.लिले १ अर्ब १२ करोड बढी लागतमा जिम्मा लिएको हो ।

सोही रकममा १८ किलोमिटर नहर मर्मत तथा पुनः निर्माण गरिने आयोजना कार्यालयका इन्जिनियर नवीन पौडेलले जारकारी दिए ।
डुडुवा नहर, जो पश्चिमी बाँके क्षेत्रका हजारौँ किसानका लागि मुख्य सिँचाइ स्रोतका रूपमा रहेको छ, विगत केही वर्षदेखि अधुरो, क्षतिग्रस्त र उपयोगविहीन बनेपछि किसानहरू पानी अभावले बर्सेनि समस्या झेल्न बाध्य भएका थिए ।

डुडुवा नहर निर्माणको पहिलो ठेक्का सम्झौता २०७३ असार १२ गते गरिएको थियो । उक्त सम्झौता अनुसार ९८ करोड ८१ लाखको लागतमा नहर निर्माण २०७५ पुस ४ भित्र सक्ने योजना थियो ।

तर निर्माण व्यवसायी र आयोजनाबिच विवाद उत्पन्न भएपछि २०७४ चैत २८ देखि निर्माण कार्य पूर्ण रूपमा रोकिएको आयोजनाको आयोजना निर्देशक राजु आचार्यले जानकारी दिए ।

यसपछि कानुनी विवाद, प्राविधिक समस्या र व्यवस्थापकीय कमजोरीका कारण परियोजना वर्षौँदेखि अधुरो रहँदै आएको थियो । किसान र स्थानीय तहले बारम्बार दबाब दिए पनि निर्माण अघि बढ्न सकेको थिएन ।

सिक्टा सिँचाइ आयोजना सरकारद्वारा २०६२÷६३ मा प्रारम्भिक लागत १२ अर्ब ८ करोड लागतमा सुरु गरिएको थियो । तर डिजाइन संशोधन, निर्माण ढिलाइ र बजेटीय समस्याका कारण परियोजनाको लागत पछिल्लो संशोधनमा २५ अर्बभन्दा माथि पुगेको छ ।

पहिलो ठेक्का रद्द हुनासाथ डुडुवा नहर छ वर्षभन्दा बढी समयसम्म पूर्ण रूपमा अलपत्र रह्यो । नहरको ढलान समस्या, संरचनागत क्षति र पानी प्रवाह अवरुद्ध भएपछि यसले कूल सिँचाइ क्षेत्रमा गम्भीर प्रभाव पारेको थियो । २०७९ पछि सरकारी पुनरावलोकनसँगै डुडुवा नहरलाई नयाँ प्याकेजमा राखेर फेरि ठेक्का प्रक्रिया अघि बढाइएको थियो ।

डुडुवा नहरको नयाँ टेन्डर १ अर्ब १२ करोडमा १८ किमि मर्मत, थप प्याकेज १ अर्ब ३८ करोडमा भएको छ । जसमा आयोजनाले डुडुवा नहरका लागि दुई मुख्य प्याकेज आह्वान गरेको थियो ।

पहिलो प्याकेज २५ किलोमिटर नहर, लागत १ अर्ब ३८ करोड ४५ लाख र दोस्रो प्याकेज १८ किलोमिटर नहर, लागत १ अर्ब १२ करोड ७२ लाख राखेको छ । यीमध्ये १८ किमि पुनर्निर्माणको जिम्मा हाल रामेछाप शेर्पा कन्स्ट्रक्सनले पाएको हो ।

डुडुवा नहर सञ्चालनमा आएपछि बाँकेका करिब १६ हजार हेक्टर खेतबारीमा बाह्रै महिना सिँचाइ उपलब्ध हुने अपेक्षा गरिएको छ । स्थानीय किसानहरू विशेष गरी धान, गहुँ र मकै खेतीमा उत्पादन वृद्धि हुनेमा आशावादी छन् ।

लामो समयदेखि “पानी अभाव” सहँदै आएका डुडुवा, खजुरा नेपालगन्ज, जानकी क्षेत्रका किसानहरूको समस्या समाधान हुने विश्वास गरिएको छ ।

सिक्टा सिंचाइ आयोजनाका इन्जिनियरहरूले वर्तमान ठेक्का ‘तीन वर्षे योजना’ अनुसार समयमै सम्पन्न भए डुडुवा नहरको मुख्य संरचना, ढलान, बाँध, शाखा–उपशाखा सुधार हुँदै आगामी वर्षदेखि नियमित पानी प्रवाह सम्भव हुने अनुमान गरेका छन् ।

किसानहरू भने यस पटक काम अलपत्र नपरोस् भन्ने अपेक्षा राखिरहेका छन् । विगतमा पटक–पटक निर्माण रोकिने, ढिलाइ हुने र नहर कमजोर डिजाइनले पटक–पटक भत्किने समस्या दोहोरिएको भन्दै उनीहरूले कडाइका साथ अनुगमन गर्न सरकारलाई आग्रह गरेका डुडुवा गाउँपालिकाका किसान मोहन वर्माले जिकिर गरे ।

डुडुवा नहर पुन निर्माण सुरु भए सँगै किसानहरूमा आशा पलाएको छ । नेपालगन्ज र डुडुवा किसानहरू बाह्रै महिना तरकारी खेती गरेर जिवीको पार्जन गर्दे आइरहेको छन् । बर्खे र हिउँदे सिजनमा धाराबाट पानी आए पनि वैशाख महिनामा पानी नआउने कारणले राम्रो आम्दानी गर्न सकिरहेको थिएनन् ।

नहर पुन निर्माण भएको सँगै किसानहरूमा थप ऊर्जा समेत थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?