© २०२३
काठमान्डौ, ११ मंसिर ।
नेपाल प्रहरीले आफ्नो संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण सञ्चालन गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।
मंसिरमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेसँगै, प्रहरीले ओ एन्ड एमको गृहकार्य अघि बढाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताएअनुसार, स्वीकृतिपछि ओ एन्ड एमको काम सुरु भइसकेको छ । अब प्रहरीका दरबन्दीहरूको मिलानदेखि आवश्यक नभएका दरबन्दी कटौती गरी अन्यत्र सार्ने, अस्थायी कार्यालयको दरबन्दी स्थायी गर्ने लगायतका कामहरू हुनेछन् ।
यसअघि सशस्त्र प्रहरीमा पनि दरबन्दी मिलान प्रक्रिया सम्पन्न गरिएको थियो । तल्लो दर्जाका दरबन्दी कटौती गरेर तीन डीआईजीको दरबन्दी थप गरिएको थियो भने अस्थायी कार्यालयहरूलाई स्थायी बनाइएको थियो ।