ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

श्रमिक अधिकारका लागि अनिताको संघर्ष

११ मंसिर २०८२, बिहीबार
११ मंसिर २०८२, बिहीबार

बुटवल, ११ मंसिर ।

मनोज गाहासँग विवाह भएको १२ वर्ष बितिसक्दा पनि अनिता गाहाको जीवन श्रम र संघर्षकै वरिपरि घुमिरहेको छ । दुई सन्तान—युवराज र दीपिकासहित उनको परिवार सुखी–खुसी देखिए पनि अनिताको दिनचर्या भने मजदुरीकै भरमा चल्छ । श्रीमान् पनि काम खोज्दै देश–विदेश धाउनुपरेको छ ।

अनिता भन्छिन्–“श्रमको सम्मान छैन, समान ज्याला छैन, बीमा–सुरक्षा केही छैन । अझ अनौपचारिक क्षेत्रमा काम गर्नेहरूको त काम र सुरक्षाको नै ग्यारेन्टी हुँदैन ।”
यिनै समस्याका कारण उनले पाल्पाको बगनासकाली गाउँपालिकामा स्थानीय श्रम ऐन निर्माणका लागि पहल गरिन् । सामाजिक स्रोत विकास केन्द्र, नेपालको सहयोगमा उनले श्रमिकहरूको आवाज उठाइन् । तर, श्रम ऐन बनाएर लागू गर्ने अभियान सफल हुन सकेन ।

२९ वर्षीया अनिता बगनासकाली–१, घोरबन्दा निवासी हुन् । पुराना घर मर्मतदेखि सुत्केरीका घरमा कपडा धुन, खेती–किसानीमा काम गर्नेदेखि सिमेन्टका बोरादेखि फलामका छड बोक्नेसम्म उनले गर्ने कामको सीमाना छैन । गत वर्षको तथ्यांकअनुसार गाउँपालिकाभित्र अनिताजस्तै ७४३ जना महिला श्रमिक रहेछन् ।

श्रमिक महिलाका लागि कार्यस्थलमा न त स्तनपान कक्ष छ, न त समयअनुसारको ज्याला । दिनभर काम गरेपछि तत्काल ज्याला नपाउनु, समान कामको समान ज्याला नहुनुजस्ता समस्या अझै कायम छन् । स्थानीय श्रम ऐन आवश्यक रहेको महसुस नगरपालिकालाई गराए पनि किन ऐन निर्माण रोकियो, उनलाई थाहा छैन ।

अनिता भन्छिन्—“देश निर्माण श्रमिकले ग¥यो भनेर इतिहासमा पढिन्छ । तर हामी श्रमिक महिलाले धेरै सेवा–सुविधा र अवसरबाट वञ्चित छौँ ।”

श्रमिकको वर्गीकरण, ज्याला तोक्ने, सेवा–सुविधा व्यवस्था गर्ने विषय स्थानीय श्रम ऐनमा राखिएको भए पनि ऐन पारित नभएपछि आफूहरू अन्यायमा परेको उनको तर्क छ ।

सामाजिक स्रोत विकास केन्द्र, नेपालका अध्यक्ष राजेश श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय श्रम मान्यताअनुसार ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन व्यवस्था हुनुपर्ने हो । तर नेपालमा त्यसको कार्यान्वयन नभएकाले अनिताजस्ता श्रमिक थप मर्कामा परेका छन् । सबै श्रमिक मिलेर दबाब नदिएसम्म यो व्यवस्था लागू नहुने उनको भनाइ छ ।

सीपमूलक श्रम–जस्तै सिकर्मी, डकर्मी—बन्ने सपना बोकेकी अनिताले गाउँघरमा महिनामा ७÷८ दिन मात्रै काम पाउने बताइन् । त्यो पनि दैनिक पाँच सय रुपैयाँभन्दा बढी ज्याला नपाएको गुनासो छ ।

यद्यपि, उनले भविष्यमा दक्ष श्रमशक्ति बन्ने तथा गाउँपालिकाबाट स्थानीय श्रम ऐन पारित गराउने प्रतिवद्धता जाहिर गरिन् ।

गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीका अनुसार अनिता गाहा रहेका सामाजिक स्रोत विकास केन्द्र, नेपालको टोलीले श्रम ऐनसम्बन्धी छलफल कार्यक्रम सञ्चालन गर्दै गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको थियो । गाउँपालिकाले आवश्यक अध्ययन गरी श्रम ऐन निर्माणतर्फ अगाडि बढ्ने योजना बनाइरहेको उनको भनाइ छ ।
तर, श्रमिकको पूर्ण तथ्यांक स्थानीय तहसँग नभएकाले प्रारम्भिक तथ्यांकमा धेरै श्रमिक छुटेको समेत उनले जानकारी गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?