© २०२३
काठमान्डौ, १० मंसिर ।
त्रिभुवन विश्वविद्यालयले ‘कमाउँदै पढ्दै’ नीति कार्यान्वयनको तयारी थालेको छ । उपकुलपति प्रा.डा. दीपक अर्यालका अनुसार, नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा उल्लेखित बुँदा ६७ अनुसार कक्षा कार्ययोजना बनाएर यो पहल सुरु गरिनेछ ।
उपकुलपति अर्यालका अनुसार, सुरुमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान र वन विज्ञान अध्ययन संस्थानमा यो कार्यक्रम लागू गरिनेछ । उनले भने, “अन्य अध्ययन संस्थान र संकायहरूमा पनि क्रमशः यो अवधारणा विस्तार गरिनेछ ।”
कार्यक्रम अन्तर्गत व्यावसायिक साझेदारीलाई अघि बढाउँदै व्यवसायीहरूमार्फत ज्ञान, उत्पादन, अनुसन्धान र भौतिक पूर्वाधार निर्माणमा सहयोग आदान–प्रदान गरिनेछ ।