ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो
नवलपरासीबाट एमसीसी परियोजनाको काम सुरु

प्रसारण लाइन निर्माणको अर्थमन्त्री र अमेरिकी राजदुतले गरे शुभारम्भ

१० मंसिर २०८२, बुधबार
१० मंसिर २०८२, बुधबार

सुनवल, १० मंसिर

पश्चिम नवलपरासीबाट एमसीसी परियोजनाको काम सुरु भएको छ । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा विद्युत प्रसारण लाइन निर्माणको आज अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अमेरिकी राजदूत डिन आर थम्प्सनले संयुक्त रुपमा शुभारम्भ गरेसंगै काम सुरु भएको छ ।

एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत सुनवल–१३ सुर्यबस्तीदेखी नेपाल–भारत सिमाना सम्म १८ किलोमिटर लामो प्रसारण लाइन निर्माणको शुभारम्भ गरिएको हो । निर्माण कम्पनीका प्रतिनिधिलाई बेल्चा हस्तान्तरण गरेर प्रशारण लाइन र सबस्टेशन निर्माणको शुभारम्भ गरिएको छ ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले एमसीसी परियोजनाले आर्थिक विकासमा महत्वपूर्ण टेवा पुर्याउने बताउँदै अमेरिक सरकारको सहयोगको प्रशंसा गरे । मन्त्री खनालले अब तीन वर्ष पनि पुरा समय नभएकाले समयमै काम सम्पन्न गर्ने गरि तदारुकताका साथ काम भइरहेको जानकारी दिए ।

विद्युत प्रसारण लाइनको बहुआयामिक महत्व रहेको बताउँदै नेपालमा आन्तरिक बजारमा आवश्यक भएको बेला आयात गर्न र दक्षिण एसियामा उर्जा बजारमा नेपालको शसक्त उपस्थिति बढाउन यो परियोजना कोसेढुङ्गा सावित हुने खनालको भनाई छ । मन्त्री खनालले भुमही–भैरहवा औद्योगिक क्षेत्रको रुपमा विकास गरिने बताए ।

अमेरिक राजदूत थम्प्सनले नेपालको हरित उर्जा सुरक्षामा यो परियोजनाले सहयोग पुग्ने बताउँदै अमेरिकाले नेपाल सँगको सहकार्यमा प्रविधि र लगानीमा सहयोग गर्दे आएको उल्लेख गरे । थम्प्सनले आर्थिक वृद्धि र दक्षिण एसियामा विद्युत व्यापारका लागी यो परियोजना महत्वपूर्ण हुने उल्लेख गर्दे अमेरिका नेपालको दिगो सहयात्रीको रुपमा उभिदै आएको बताए ।

सुनवल देखि भारत सिमा नाका सम्म ५३ वटा टावर निर्माण हुने एमसिए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले जानकारी दिए । जसको मुआब्जा वितरण अन्तिम चरणमा रहेको एमसिए नेपालले जनाएको छ ।

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) अन्तर्गत बन्ने प्रसारणलाइनका लागी टावर निर्माण गर्न जग्गाको अवस्था हेरिकन प्रतिकठ्ठा ९ लाख १४ हजार देखि ७३ लाख ६७ हजार सम्म रकम भुक्तानी गरिएको छ ।

साना ठूला दुई प्रकारका टावर निर्माणका लागी १ कठ्ठा ८ धुर देखि २ कठ्ठा सम्म जग्गा अधिग्रहण गरिएको छ । ३९ महिना भित्र सबस्टेशन र २१ महिना भित्र प्रसारण लाइन निर्माण सम्पन्न गर्ने गरि भारतीय दुई कम्पनी सँग ठेक्का सम्झौता भइसकेको छ ।

एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत लप्सीफेदिबाट सुरु हुने ३ सय १५ किलोमिटर लामो प्रसारण लाइन अन्र्तगत तीन वटा सबस्टेशन निर्माण हुने छ । नवलपरासीमा एमसीसी परियोजना अन्तर्गत प्रसारण लाइन र सबस्टेशनको सबैभन्दा पहिले काम हुन थालेको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले प्रशारणलाईन निर्माण संगै स्थानीय जनतालाई रोजगारी सृजना र यस क्षेत्रको विकासमा सहयोगी हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?