© २०२३
काठमान्डौ, १० मंसिर ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सिंहदरबार घेराबन्दी गरेर मात्रै देश विकास नहुने भन्दै युवापुस्तालाई कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै मन्त्री पुनले लेखेका छन्, “अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरूले कहिले बुझ्ने ? वर्तमान युवा पुस्तादेखि भावी पुस्तासम्मको भविष्य सुरक्षित र उज्ज्वल बनाउने एउटै बाटो भनेको फाल्गुन २१ गते हुने आम निर्वाचनमा सकेसम्म धेरै युवा नेताहरूलाई जिताएर पुराना नेताहरूलाई घर फर्काउनु हो ।”
उनका अनुसार पुराना नेताहरू स्वार्थी तथा लोभपापी समूहको घेराबन्दीमा परेकाले राज्य संयन्त्रहरू क्षतिग्रस्त बन्दै गएको छ ।
