Butwal Today

विश्वविद्यालयको भार प्रधानमन्त्रीले एक्लैले बोक्न सक्दैन: प्रधानमन्त्री कार्की

१० मंसिर २०८२, बुधबार
अ+
अ-

 काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई पूर्ण रूपमा स्वायत्त बनाउनुपर्ने बताएकी छिन् । त्रिभुवन विश्वविद्यालयको सभामा उनले एक प्रधानमन्त्रीले सबै विश्वविद्यालयको भारी बोकेर हिँड्न नसक्ने उदाहरण दिइन् ।

प्रधानमन्त्री कार्कीका अनुसार, “एउटै प्रधानमन्त्रीले सारा डोकोभरी भारी बोकेर हिँड्न सकिँदैन । स्वायत्तताको कुरा आइरहेको छ, हुनुपर्छ भन्ने लागेको छ ।”

उनले विश्वविद्यालयको कुलपति विज्ञमार्फत चयन गर्नु उपयुक्त हुने धारणा राखिन् । उनले भनिन्, “१९ वटा विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने रहेछ । एउटा व्यक्तिले कसरी साध्य हुन्छ ? कुलपति विज्ञमार्फत होस्, सभाले खोजोस् ।

पोलिटिकल कारणले कहिले सभा नहुने यो कारण भएन । विश्वविद्यालयले आफ्नै कार्यक्रम आफैं बनाउन पाउनु पर्छ । आफैं आर्जन गर्नुपर्छ, तर सरकारले अनुदानमा मद्दत गर्नुपर्छ ।”

प्रधानमन्त्री कार्कीले आफू ६ महिनाको लागि मात्र सरकारमा आएको पनि स्पष्ट पारिन् ।