© २०२३
काठमाडौं, १० मंसिर ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको खेलमा चितवन राइनोज ले पहिले ब्याटिङ सुरु गरेको छ । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने ले टस जितेर पहिले बलिङ रोजेपछि चितवनले ब्याटिङको निम्तो पाएको हो ।
आजको खेलमा विराटनगरले विदेशी खेलाडीमा परिवर्तन गरेको छ । मार्टिन गप्टिल को स्थानमा राम हिजलेट खेलमा रहेका छन् ।
चितवनले पनि एक परिवर्तन गरेको छ । बलर रिजन ढकाल को स्थानमा रन्जित कुमार खेलमा आएका छन् ।