ट्रेंडिंग:

>> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर

सरकार रक्षा कवच बनोस् 

१० मंसिर २०८२, बुधबार
१० मंसिर २०८२, बुधबार

हिमाल, पहाड र तराईमा हरेक दिन जसो चिसो बढ्दै गएको छ ।

हिमाली भेगमा यो वर्षको पहिलो हिमपात सुरु भएको छ । पहाडी क्षेत्रका लेकमा समेत हिमपात भएको देखिएको छ । तराईमा पनि अव चिसो बढ्दै गएको छ । सरकारले चिसोबाट बच्न पूर्व तयारी सुरु गरिएको जनाएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले चिसो जन्य बिपदबाट एक लाख नागरिक प्रभावित हुने आङ्कलन गर्दै पूर्व तयारी सुरु गरेको जनाएको छ । सरकारले गर्ने पूर्व तयारी कहिले पनि पर्याप्त हुन सकेको देखिएको छैन । तराईमा हुस्सुले चिसो बढाएको छ ।

बिहान साँझ हुस्सु लाग्न थालिसकेको छ । चिसो बढेसँगै तराई र हिमालका जनता प्रभावित हुन थालेका छन् । तापक्रम घट्दै जाँदा चिसो हावासँगै पानीको थोपा चुहिने र बाक्लो हुस्सु लाग्ने गर्छ । तापक्रम घट्ने क्रम भर्खर मात्र सुरु भएको छ ।

यो अवस्था बढ्दो क्रममा रहेकाले यी क्षेत्रका बासिन्दाले अझै जटिल अवस्थाको सामना गर्नुपर्ने निश्चित छ । प्रकृतिजन्य समस्या भएकाले यसलाई कसैले रोक्न तथा छेक्न त सक्दैन, तर पूर्व तयारी गर्न सकियो भने क्षति न्यूनीकरण गराउन भने अवश्य सकिन्छ ।

बेलैमा सचेत भएर चिसोबाट बच्ने र बचाउन सकिने विकल्पबारे सोच्नुपर्छ । अबको एक महिनापछि पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामा चिसोको समस्या धेरै हुनेछ । किनभने शितलहरको कहर अझै बाँकी छ । यति बेला मौसम चिसो हुने समय भएपनि अकस्मात् चिसोको मात्रा बढेको छ । चिसोले खासगरि गरिव र न्यून आय भएकाहरू बढी प्रभावित हुने अवस्था छ ।

यो प्रत्येक वर्षको नियमित प्रकृया जस्तै बनेको छ । जाडोमा एकसरो कपडासमेत किन्न नसक्ने र रातीमा ओढ्ने ओछ्याउन नहुँदा दुःख पाएका नागरिक सबैभन्दा धेरै पीडामा छन् । यो समयमा उनीहरूलाई गास, बास र कपासको उचित प्रबन्ध गर्न कुनै कसर बाँकी राख्नु हुँदैन ।

खासगरि भुकम्प प्रभावित र गत बर्ष असोज ११ र १२ गते परेको पानीका कारण विस्थापित भएका प्रभावित नागरिकले चिसोको कहर भोगिरहेका छन ।

सरकारले बिपदजन्य घटनामा प्रभावित नागरिकको ज्यू धनको सुरक्षाको जिम्मेवारी लिनुपर्दछ । नागरिकको संरक्षक राज्य भएका कारण उनीहरूलाई चिसोबाट जोगाउने अभिभारा पनि राज्यले बहन गर्नुपर्छ ।

सरकारसंगै मानव सेवामा लागेका धार्मिक, सामाजिक संघ संस्थाहरू र आर्थिकरूपले सम्पन्न नागरिकले पनि यति बेला मानवता प्रदर्शन गरेर चिसोबाट प्रभावित भएकाहरूलाई सामाजिक सेवा भाव दर्शाउनुपर्दछ ।

हरेक वर्ष यही समयमा चिसो बढ्नु र बैशाखदेखि भदौसम्म गर्मीले आक्रान्त बनाउनु प्रकृतिको नियति हो । तर, यसलाई वर्षैपिच्छे दोहोरिने समस्या हो भन्दै सरकारले नजरअन्दाज गर्नु हुँदैन । चिसो प्रभावतलाई कपडा वितरण गर्ने, दाउरा बालेर घर–गोठभित्र तातो बनाइराख्ने व्यवस्था गर्ने काममा स्थानीय सरकारले समेत सघाउनु पर्दछ ।

तराईमा भन्दा पनि हिमाली भेगमा हिमपात सुरु भैसकेकोले त्यहाँका नागरिकको सुरक्षामा सरकारको ध्यान जाओस् । चिकित्सकहरूका अनुसार शीतलहर, हुस्सु, कुहिरो र चिसो हावाको समयमा रोगले छिटो आक्रमण गर्छ ।

नागरिकले पनि सरकारको मात्र मुख नताकी आफ्नो स्वास्थ्यको हेरचाहमा ध्यान दिनेतर्फ प्रयास गर्नुपर्छ । सरकारले पनि दायित्व सम्झेर चिसोबाट प्रभावितलाई राहत दिने कुरामा ढिलाई नगरोस् । चिसोबाट बढी प्रभावित क्षेत्र र समुदायका मानिसको सुरक्षा सरकारको समेत दायित्व हो । नेपालमा गत भदौमा जेनजी आन्दोलनपछि नयाँ सरकार बनेको छ ।

नयाँ सरकार पहिलो चरणमै चिसोबाट प्रभावित भएकाहरूको लागि रक्षा कवच बनोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?