ट्रेंडिंग:

>> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो

सुर रक्सको ‘ पञ्चेबाजा बजाई लान्छु ’ सार्वजनिक

१० मंसिर २०८२, बुधबार
१० मंसिर २०८२, बुधबार

बुटवल, १० मङ्सिर ।

नेपाली सङ्गीतको क्षेत्रमा सक्रियता पूर्वक क्रियाशील रहेका गायक तथा सङ्गीतकार सुरज अधिकारी (सुर रक्स) को नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक भएको छ । सुर रक्स तथा बबी रोजा ढकालको सुमधुर स्वर रहेको यो गीत सुर रक्सकै शब्द तथा सङ्गीतमा तयार भएको हो ।

आधुनिक शैलीमा तयार गरिएको यो लोक–फ्युजन शैलीको गीतले नेपाली मौलिक संस्कृतिलाई समेट्दै आधुनिक प्रस्तुति दिइएको छ । गीतको भिडियोमा ख्याति प्राप्त मोडेल तथा निर्देशक सुनिल क्षेत्री र मोडेल सञ्चिता बोलाखेको आकर्षक अभिनय रहेको छ ।

भिडियोको निर्देशन स्वयं सुनिल क्षेत्रीकै रहेको छ भने कोरियोग्राफी अबी वाग्लेले गरेका छन्  । छायाङ्कन दिनेश पराजुलीले गरेका छन् भने सम्पादन अमृत चापागाईँ ले गरेका हुन् । सङ्गीत संयोजनको जिम्मेवारी कुशल सिंह ले सम्हालेका छन् ।

भिडियोमा उत्कृष्ट भिजुअल प्रस्तुति, मौलिक पहिरन र परम्परागत शैलीमा आधारित पन्चेबाजाको माहोलमा छायाङ्कन गरिएको छ । गीतमा परम्परागत र आधुनिक वाद्य यन्त्रको उत्कृष्ट संयोजन गरिएको छ, जसले नेपाली सांस्कृतिक विवाह समारोह र उत्सवहरूको मौलिक प्रस्तुति झल्काएको छ ।

भिडियो श्री सिम्फोनिक स्टुडियोको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सुर रक्स विगत लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रमा सक्रिय रहेका बहुमुखी कलाकार हुन् । उनले चलचित्र ‘ए साथी सुन’ का चर्चित गीत ‘ची मुसी ची मा’, ‘तिमिले माग्छौ भने मुटु’ लगायतका गीतमा शब्द तथा सङ्गीत भरेका छन् ।

त्यस्तै ‘आऊ आज मायाको’, ‘नरिसाऊ न प्लिज’, ‘जीवन सुनमा सुगन्ध’, ‘मुटु र तिमिमा’, ‘तिमी रिसाउँदा’, ‘भुलौँ जे भयो’, ‘मैले तिम्रो नाम लिएँ’, ‘केटो भाग्यमानी’, ‘गर्लफ्रेन्ड छैन’ लगायतका प्रिय गीतमा पनि उनी सङ्गीतकार तथा स्वर कलाकारका रूपमा सक्रिय रहेका छन्  र नेपाली सङ्गीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएका छन् ।

हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?