© २०२३
काठमान्डौ, १० मंसिर ।
सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको २ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको २ लाख ४७ हजार ९०० रुपैयाँमा रहेको थियो ।
त्यस्तै, चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँले बढेर ३ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ३ हजार २०० रुपैयाँ थियो ।