ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

किसानले धान बेचिसके, खाद्य व्यवस्था कम्पनी बल्ल खरिद गर्दै 

१० मंसिर २०८२, बुधबार
१० मंसिर २०८२, बुधबार

बर्दिया, १० मङ्सिर । 

सर्वसाधारण किसानहरूले धान बिक्री गरी सकेपछि राजापुर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बढैयाताल गाउँपालिकामा धान खरिद गर्ने प्रक्रिया सुरु गरेको छ ।

अधिकांश किसानहरूले धान बिक्री गरिसकेपछि पालिकामा खरिद गर्न आउँदा यो किसानहरूलाई देखावटी हो भन्न थालेका छन् ।
सरकारले तोकेको सामर्थ्य मूल्य भन्दा करिब प्रतिक्न्टल हजार रूपैँया घाटा खाएर बिक्री गरेको हुन्छन् ।

तर सरकारले धानको सामर्थ्य मूल्य तोके पनि खरिद भने किसान बिक्री गरी सकेपछि मात्रै सरकारले किन्ने चासो देखाएको हो । किसानले धान बेचेर सक्नै लाग्दा खाद्य व्यवस्था कम्पनीले चासो देखाएको बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताए ।

सरकारको नीति नियम पुरा गर्दा कम्पनीले ढिलो खरिद गर्दा किसानहरूले आफ्नो समस्या र हिउँदे बाली लगाउनका लागि पहिलै व्यापारी कहाँ गएर सस्तो मूल्यमा धान बिक्री गरेको अध्यक्ष त्रिपाठीले बताए ।

राजापुर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पालिकामा खरिद गर्न आए पनि ३ हजार क्विन्टल मात्र खरिद गर्ने भएको र जसमा माध्यम र मसिनो धान मात्र खरिद गर्ने जानकारी गराएको उनले बताए ।

बढैयाताल गाउँपालिकामा बढी उत्पादन गर्नका लागि किसानहरूले हाईव्रेड जातका धान लगाएका छन् जुन कम्पनीले खरिद गर्ने छैन । संस्थान सँग समन्वय गरेर किसानहरूको धान बिक्री गराउन निकै कष्टकर रहेको छ ।

कम्पनीलाई पालिकाले खरिद गरेर धान राख्नका लागि गोदाम उपलब्ध गराए मात्र खरिद गर्ने जानकारी रहेको बताए । यसरी हेर्दा यो किसानहरूलाई झुक्क्याउने खेल मात्र रहेको बताए । सरकारले किसानहरूलाई आस देखाउनका लागि मात्र मूल्य निर्धारण गर्छ तर समयमा धान खरिद गर्दैन ।

हामीले कार्तिक पहिलो सातामै धान बिक्री गरेर हिउँदे वाली लगाएको बढैयाताल गाउँपालिका वडा नं. ५ का किसान विहारी सिंह थारुले बताए । धान उत्पादन गर्न करिब १ सय २ दिन लाग्छ तर त्यही धानबाट व्यापारीहरूले मिनेटमै किसानहरूबाट लाखौँ कमाउने गरेका छन् । जस कारणले नेपालमा दिनदिनै किसानहरू गरिब हुँदै गइरहेको किसान थारुले बताए ।

सरकारले किसानहरूका लागि ठोस नीति नल्याउँदा किसानहरू जहिले पनि मर्कामा परेको बढैयाताल उद्योग वाणिज्य संघका अध्यक्ष रविनद्र रावले बताए । सरकारले धानको मूल्य तोके सँगै खरिपनि गर्नुपर्ने व्यवस्था ल्याउनुपर्छ ।

मूल्य मात्र तोकेर किसानहरूलाई तर्साउने नीति ठिक नभएको बताए । बढैयाताल गाउँपालिकाका किसानहरूले हाईव्रेड जातका धान बाढी लगाउने गरेका हुन्छन तर त्यही धान संस्थानले खरिद नगरेपछि हाईव्रेड जातका धान कहाँ गएर किसानहरू बिक्री गर्न पाउने उनले प्रश्न समेत गरे ।

ता सरकारी प्रक्रिया लामो भएकोले खरिद गर्न समय लाग्ने भएको राजापुर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकारी गराएको छ । कर्मचारी कम भएको र बर्दियाका ८ ओटै पालिकाहरूका खरिद गर्नु पर्ने भएकोले समय लागेको उनीहरूको भनाइ छ ।

हाईव्रेड जातका धानमा ३८ प्रतिशत मात्र चामल निस्किने भएकोले खरिद नगर्ने कार्यालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?