© २०२३
बर्दिया, १० मङ्सिर ।
सर्वसाधारण किसानहरूले धान बिक्री गरी सकेपछि राजापुर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बढैयाताल गाउँपालिकामा धान खरिद गर्ने प्रक्रिया सुरु गरेको छ ।
अधिकांश किसानहरूले धान बिक्री गरिसकेपछि पालिकामा खरिद गर्न आउँदा यो किसानहरूलाई देखावटी हो भन्न थालेका छन् ।
सरकारले तोकेको सामर्थ्य मूल्य भन्दा करिब प्रतिक्न्टल हजार रूपैँया घाटा खाएर बिक्री गरेको हुन्छन् ।
तर सरकारले धानको सामर्थ्य मूल्य तोके पनि खरिद भने किसान बिक्री गरी सकेपछि मात्रै सरकारले किन्ने चासो देखाएको हो । किसानले धान बेचेर सक्नै लाग्दा खाद्य व्यवस्था कम्पनीले चासो देखाएको बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताए ।
सरकारको नीति नियम पुरा गर्दा कम्पनीले ढिलो खरिद गर्दा किसानहरूले आफ्नो समस्या र हिउँदे बाली लगाउनका लागि पहिलै व्यापारी कहाँ गएर सस्तो मूल्यमा धान बिक्री गरेको अध्यक्ष त्रिपाठीले बताए ।
राजापुर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पालिकामा खरिद गर्न आए पनि ३ हजार क्विन्टल मात्र खरिद गर्ने भएको र जसमा माध्यम र मसिनो धान मात्र खरिद गर्ने जानकारी गराएको उनले बताए ।
बढैयाताल गाउँपालिकामा बढी उत्पादन गर्नका लागि किसानहरूले हाईव्रेड जातका धान लगाएका छन् जुन कम्पनीले खरिद गर्ने छैन । संस्थान सँग समन्वय गरेर किसानहरूको धान बिक्री गराउन निकै कष्टकर रहेको छ ।
कम्पनीलाई पालिकाले खरिद गरेर धान राख्नका लागि गोदाम उपलब्ध गराए मात्र खरिद गर्ने जानकारी रहेको बताए । यसरी हेर्दा यो किसानहरूलाई झुक्क्याउने खेल मात्र रहेको बताए । सरकारले किसानहरूलाई आस देखाउनका लागि मात्र मूल्य निर्धारण गर्छ तर समयमा धान खरिद गर्दैन ।
हामीले कार्तिक पहिलो सातामै धान बिक्री गरेर हिउँदे वाली लगाएको बढैयाताल गाउँपालिका वडा नं. ५ का किसान विहारी सिंह थारुले बताए । धान उत्पादन गर्न करिब १ सय २ दिन लाग्छ तर त्यही धानबाट व्यापारीहरूले मिनेटमै किसानहरूबाट लाखौँ कमाउने गरेका छन् । जस कारणले नेपालमा दिनदिनै किसानहरू गरिब हुँदै गइरहेको किसान थारुले बताए ।
सरकारले किसानहरूका लागि ठोस नीति नल्याउँदा किसानहरू जहिले पनि मर्कामा परेको बढैयाताल उद्योग वाणिज्य संघका अध्यक्ष रविनद्र रावले बताए । सरकारले धानको मूल्य तोके सँगै खरिपनि गर्नुपर्ने व्यवस्था ल्याउनुपर्छ ।
मूल्य मात्र तोकेर किसानहरूलाई तर्साउने नीति ठिक नभएको बताए । बढैयाताल गाउँपालिकाका किसानहरूले हाईव्रेड जातका धान बाढी लगाउने गरेका हुन्छन तर त्यही धान संस्थानले खरिद नगरेपछि हाईव्रेड जातका धान कहाँ गएर किसानहरू बिक्री गर्न पाउने उनले प्रश्न समेत गरे ।
ता सरकारी प्रक्रिया लामो भएकोले खरिद गर्न समय लाग्ने भएको राजापुर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकारी गराएको छ । कर्मचारी कम भएको र बर्दियाका ८ ओटै पालिकाहरूका खरिद गर्नु पर्ने भएकोले समय लागेको उनीहरूको भनाइ छ ।
हाईव्रेड जातका धानमा ३८ प्रतिशत मात्र चामल निस्किने भएकोले खरिद नगर्ने कार्यालयको भनाइ छ ।