© २०२३
काठमाडौँ ।
बंगालको खाडीमा चक्रवात विकास भइरहेको भन्दै भारतको मौसम विभाग (आईएमडी) ले चेतावनी जारी गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार आगामी २४ घण्टामा सेनयार नामको चक्रवात जमिनमा बज्रिने सम्भावना छ।
आगामी २४ घण्टामा अन्डमान सागरको मौसम अचानक परिवर्तन हुन सक्छ।
स्काइमेट वेदरले आगामी ४८ घण्टा भित्र सेनयार चक्रवात जमिनमा पुग्ने अनुमान गरेको छ। यस अवधिमा ४० देखि ५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्नेछ र आँधीबेहरीसँगै भारी वर्षा हुनेछ।
तमिलनाडु, केरला, आन्ध्र प्रदेश, अन्डमान र निकोबार टापुमा भारी वर्षा हुने अनुमान गरिएको छ।
आईएमडीले डिसेम्बर १ सम्म धेरैवटा दक्षिणी राज्यमा भारी वर्षा हुने अनुमान गरेको छ। यो आँधीले भारतका दक्षिणी र तटीय राज्यहरूमा भारी वर्षा, तीव्र हावा र बाढी ल्याउने सम्भावना छ। चक्रवातले असर पार्ने प्रमुख राज्यहरू तमिलनाडु, केरला, आन्ध्र प्रदेश, अण्डमान र निकोबार टापुहरू, ओडिशा र पश्चिम बंगालका तटीय क्षेत्र हुन्।