Butwal Today

कुलमान समर्थित दल र खगेन्द्र सुनारको पार्टीबिच सहमति

१० मंसिर २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल बीच प्रतिनिधिसभा निर्वाचनमा एकल चुनाव चिह्न लिएर चुनावमा भाग लिने सहमति भएको छ ।

उज्यालो नेपाल पार्टीको ‘बलेको चिम’ चुनाव चिह्नलाई एकल चुनाव चिह्न बनाउने समझदारी भएको पार्टी प्रवक्ता राजु थापाले  जानकारी दिए ।

उनका अनुसार, वैकल्पिक शक्तिहरू एकताबद्ध भएर निर्वाचनमा जाने प्रयासका रूपमा हाम्रो पार्टी नेपालसँग समझदारी भएको छ र अन्य दलहरूसँग पनि सहकार्यका लागि छलफल जारी रहेको छ ।

सम्झदारीसहित आगामी पार्टी योजनाबारे जानकारी दिन बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना हुने छ । प्रतिनिधिसभा निर्वाचन फागुन २१ का लागि तोकिएको छ ।