© २०२३
काठमाडौँ, १० मङ्सिर ।
ललितपुरको चापागाउँमा आज बुधबार बिहान ट्रक र मोटरसाइकल एकआपसमा ठोकिँदा एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका–१५, चापागाउँ दोबाटोस्थित सडकमा ना. ३ ख ४७४५ नम्बरको ट्रक र बा. प्र ०२–०१९ प ६६८७ नम्बरको मोटरसाइकल बुधबार बिहान ठक्कर खाएका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक, काठमाडौँ कीर्तिपुर नगरपालिका–५ भत्केको पाटी घर भएका २२ वर्षीय सुशान्त बस्नेतको मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।
गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।