Butwal Today

प्रतिनिधि सभा विघटनविरुद्ध एमालेको सर्वोच्चमा रिट निवेदन

९ मंसिर २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ, ०९ मङ्सिर ।

नेकपा एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ ।

असंवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरिएको दाबी गर्दै एमालेले मंगलबार रिट दायर गरेको एमाले नेता महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार एमाले संसदीय दलको तर्फबाट प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित रिट निवेदन दर्ता गरिएको हो । विघटित प्रतिनिधि सभामा एमालेका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले संयुक्त रूपमा निवेदन दिएका छन् ।

गत मंगलबार बसेको विघटित प्रतिनिधि सभा संसदीय दलको बैठकले एमाले सांसदहरूको हस्ताक्षर संकलन गरी विघटनविरुद्ध सर्वोच्चमा जाने निर्णय गरेको थियो ।

एमालेले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको जिकिर गर्दै पुनर्स्थापनाको माग गर्दै आएको छ । साथै, फागुन २१ गते तोकिएको चुनावको पनि विरोध गरिरहेको छ ।