© २०२३
बुटवल, ०९ मङ्सिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले यसबारे जानकारी दिएका छन् । निर्वाचन आयोगले बुधबारसम्म दल दर्ताको समयावधि तोकेको छ । सो क्रममा दलहरूले दल दर्ताको प्रक्रिया अघि बढाएका छन् ।
आयोगमा हालसम्म ६२ भन्दा बढी दल दर्ता भइसकेका छन् । राप्रपाले दल दर्ता गरेसँगै यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव नभएको बताएका छन् ।
प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘एउटा जिम्मेवार र प्रजातान्त्रिक दल हुनुको नाताले प्रजातान्त्रिक प्रक्रियाबाट अलग हुनु वाञ्छनीय छैन, त्यसैले निर्वाचन प्रयोजनका लागि हाम्रो दल राप्रपा निर्वाचन आयोगमा दर्ता भएको हो ।’