© २०२३
काठमाडौँ, ०९ मङ्सिर ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबारको खेलमा काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजेका छन् । लुम्बिनीको यो तेस्रो खेल हो । यसअघि खेलेका दुई खेलमध्ये लुम्बिनीले एक जितेको थियो भने एक हारेको थियो । लुम्बिनीले कर्णाली याक्ससँग हार बेहोरेको थियो भने चितवन राइनोजलाई जितेको थियो ।
काठमाडौँ आज चौथो खेल खेल्दैछ । यसअघिका तीन खेलमध्ये काठमाडौँले दुई खेल हारेको थियो भने एक खेल जितेको थियो । जनकपुर बोल्ट्ससँग जित हासिल गरेको काठमाडौँले सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग हार बेहोरेको थियो ।