ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

सिंहदरबार गेटमा कालोपट्टी बाँधेर मिरज समूहको प्रदर्शन

९ मंसिर २०८२, मंगलवार
९ मंसिर २०८२, मंगलवार

काठमाडौँ, ०९ मङ्सिर ।

प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापन पत्र बुझ्ने समय नदिएको भन्दै मंगलबार पनि सिंहदरबार गेटअगाडि मिरज ढुंगाना समूहले प्रदर्शन गरे । आइतबार बैठक बसेर सोमबारदेखि निरन्तर आन्दोलनमा जाने निर्णय गरेको यो समूहले मंगलबार टाउकोमा कालोपट्टी बाँधेर प्रदर्शन गरेको हो ।

सिंहदरबार प्रवेश गर्न खोज्दा मिरज समूह र प्रहरीले केहीबेर धकेलाधकेल गरेका थिए । सिंहदरबार गेट पुगेर गिरफ्तारी दिने योजना बनाएको समूहलाई प्रहरीले रोकेको छ ।

सोमबार पनि सिंहदरबार गेटअगाडि पुगेर प्रधानमन्त्री भेट्न नपाएपछि समूहले असन्तुष्टि जनाएको थियो । प्रधानमन्त्रीलाई बुझाउने भनिएको मागपत्र गेटमै टाँसेर हिँडिएको थियो ।

मिरज नेतृत्वको गरिखान देउ अभियानका अगुवा हरिष भट्टकाअनुसार मंगलबार भने समूहको उद्देश्य प्रधानमन्त्रीलाई भेट्नु भन्दा गेटअगाडि प्रदर्शन गर्नु थियो ।

‘आज हामी सिंहदरबार पुगेर गिरफ्तारी नै दिने पूर्वयोजना अनुसार प्रदर्शनका लागि गएका हौँ । अब यो आन्दोलन हाम्रो माग पूरा नभएसम्म निरन्तर जारी रहन्छ,’ भट्टले भने ।

सोमबार मिरज समूहसहित अन्य जेनजी अगुवाले विभिन्न विषय समेटेर ८ बुँदे संयुक्त मागपत्र सिंहदरबारको गेटमा टाँसेका थिए ।

मागपत्रमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित भदौ २३–२४ को घटनामा संलग्न सबैलाई पक्राउ गर्न, वर्तमान संविधान संशोधनको लागि सर्वपक्षीय सरकार बनाउने र घोषित निर्वाचन रोक्न माग गरिएको थियो ।

त्यसैगरी, मागपत्रमा सबै राजनीतिक दलका नेता तथा पूर्वसांसद मन्त्रीहरूको चलअचल सम्पत्ति रोक्का गर्न, शक्तिशाली भ्रष्टाचार निर्मूल आयोग गठन गर्न, सरकारी सेवामा दलीय कर्मचारी संगठन सदाका लागि प्रतिबन्ध लगाउन, जेनजी निगरानी आयोग बनाउन र शहीद घाइते परिवारलाई तत्काल रोजगारी दिने माग समेटिएको छ ।

आफ्ना माग पूरा नभएसम्म आन्दोलन नछोड्ने बताएको यो समूह अहिले सिंहदरबार आसपास प्रहरीसँग धकेलाधकेल गरिरहेको छ । ‘हामीलाई अनामनगरको बार्दलीसम्म प्रहरीले पन्छाएको छ । तर, हाम्रा साथीहरू फेरि सिंहदरबारतिरै जान खोज्दै छन् । आज जसरी पनि त्यहाँ प्रदर्शन गरिन्छ,’ भट्टले बताए ।

प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफ्ना परिवारका सदस्य र नातेदारहरूलाई सचिवालयमा नियुक्ति दिलाएको खुलेपछि मिरजसहितका जेनजी समूह आक्रोशित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?