Butwal Today

सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँ बढ्यो

९ मंसिर २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ, ०९ मङ्सिर ।

सोमबार तोलामा १९ रुपैयाँ घटेको सुनको मूल्य आज फेरि व्यापक मात्रामा बढेको छ ।

तोलामा पाँच हजार दुई सय रुपैयाँ बढेर सुनको भाउ आज दुई लाख ४७ हजार नौ सय रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य तोलाको दुई लाख ४२ हजार सात सय रुपैयाँ थियो ।

गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुई लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको थियो । यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ८५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तीन हजार दुई सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।