© २०२३
काठमाडौँ, ०९ मङ्सिर ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन हालसम्म निर्वाचन आयोगमा ६४ राजनीतिक पार्टीले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता (सहसचिव) नारायणप्रसाद भट्टराईका अनुसार सोमबार बेलुकीसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउने पार्टीको संख्या ६४ पुगेको हो ।
नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत प्रमुख राजनीतिक दलले दल दर्ता गराइसकेका छन् भने नेकपा एमालेले भने अझै दल दर्ता गराइसकेको छैन ।
अझै दल दर्ता गराउने समय आज र भोलि बाँकी छ । निर्वाचन आयोगमा पहिले दर्ता भएका राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने प्रावधान छ ।
हेर्नुहोस्, निर्वाचन प्रयोजनका लागि दर्ता भएका ६४ दलको सूची :
