ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

१० दिनसम्म सडक किनारमा अलपत्र शव, टोलको सरसफाइ गर्दा फेला पर्‍यो

९ मंसिर २०८२, मंगलवार
९ मंसिर २०८२, मंगलवार

काठमाडौँ, ०९ मङ्सिर ।

बालाजुमा गत शनिबार मृत भेटिएकी माया भनिने आयुषा मगरको १० दिन पहिला नै हत्या गरेर फालिएको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले हत्या आरोपमा सूर्य थापा मगरलाई पक्राउ गरी अनुसन्धान गर्दैछ ।

सूर्यले प्रहरीलाई बताएका छन् कि उनले ती महिलाको हत्या २६ कात्तिकको राति नै गरेका थिए र त्यसैबेलै शवको व्यवस्थापन पनि गरेका थिए । तर १० दिनसम्म सडक किनारामा शव रहँदा समेत कोही कसैले थाहा पाएका थिएनन् ।

टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकको सडक किनारमा सूर्यले आयुषाको शव फालेका थिए । २६ कात्तिकको राति फालेको शव स्थानीयले ६ मंसिरमा मात्रै देखे । बन्चरेडाँडामा फोहर फाल्न अवरोध भएपछि सडकमा थुप्रिएको फोहरलाई स्थानीयले सामान्य फोहर सम्झिएका थिए ।

शनिबार सरसफाइ कार्यक्रमको क्रममा स्थानीयले फोहरको थुप्रो खोल्दा शव भेटेपछि मात्र प्रहरीलाई खबर गरेका थिए । घटनाको १० दिनपछि प्रहरीले शव भेट्टाएर अनुसन्धान सुरु गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार अनुसन्धान क्रममा शव २६ कात्तिकमै हत्या गरेर फालिएको पुष्टि भएको छ ।

सुरुमा प्रहरीले हत्याकाण्डमा तेस्रो लिंगी व्यक्तिको संलग्नता देखाएको थियो, तर मृतक युवती आयुषा मगर भएकी पुष्टि भएको छ । हत्याको कारण ५ सय रुपैयाँसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ । सूर्यले समेत यसलाई स्वीकार गरेका छन् ।

शनिबार बिहान ८ बजेतिर तन्नाले बेरेको अवस्थामा शव भेटिएको थियो । टोखाको मिलनटोल नयाँ बसपार्कस्थित एक होटलको स्टाफ रहेको तन्नाले कालो प्लाष्टिकमा प्याक गरेर शव फालेको अनुसन्धानमा खुलेको छ ।

प्रहरीले उक्त होटलका सञ्चालक र म्यानेजरलाई सोधपुछ गर्दा उनीहरूले केही थाहा नभएको बताएका थिए । त्यसपछि २४ वर्षीय सूर्य थापा मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको थियो ।

प्रारम्भिक सोधपुछमा सूर्यले हत्याको घटना स्वीकार गरेका थिए । अनुसन्धानका क्रममा उनले हत्या गर्नुको मुख्य कारण ५ सय रुपैयाँ रहेको बताए ।

अनुसन्धान अनुसार १५ दिनअघि आयुषा र अर्को डोल्मा नाम गरेका दुई जना राति १२ बजेतिर होटलमा पुगेका थिए । त्यतिबेला आयुषाले सूर्यसँग ५ सय रुपैयाँ मागेकी थिइन् ।

सूर्यले ब्राउन सुगर किन्न भनेर ५ सय रुपैयाँ सापटी मागेको, तर आयुषाले नदिएकाले उनले जुत्ताको तुनाले घाँटी थिचेर हत्या गरेको प्रहरीले पुष्टि गरेको छ । हत्या गरिएको युवती आयुषा विवाहित रहेको पाइएको छ ।

उनका आमा कल्पनाले शेर्पालीले छोरीको सनाखत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?