© २०२३
काठमान्डौ, ८ मंसिर ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको सक्रियताले अन्य राजनीतिक दलहरूमा समेत ऊर्जा थपिएको दाबी गरेका छन् ।
जनपरिचालन समितिको आज बसेको बैठकलाई सम्वोधन गर्दै ज्ञवालीले राजनीतिक गतिविधि बढ्दै जाँदा देशमा अराजकताका प्रवृत्ति घट्दै जाने विश्वास व्यक्त गरे ।
उनका अनुसार हाल मुलुक देश बनाउने शक्ति र देश जलाउने प्रवृत्तिबीच ध्रुवीकरणको अवस्थाबाट गुज्रिरहेको छ । ज्ञवालीले भने, “एमालेका कारण अरू दललाई पनि ऊर्जा थपिएको छ । एमालेलाई जस दिनु–नदिनु अलग विषय हो, तर राजनीतिक गतिविधि जित्ता बढ्छन्, त्यति नै अराजकता घट्छ । एमाले पुनः आफ्नो लयमा फर्किएको छ ।”
बैठकमा बागमती प्रदेश इन्चार्ज तथा जनपरिचालन समितिका सचिव डा. राजन भट्टराईले भदौ २७ गते हुने महाधिवेशनको उद्घाटन सत्र तथा जनसभालाई ऐतिहासिक बनाउन तीव्र तयारी भइरहेको जानकारी दिए ।
आजको बैठकले पालिका र वडा तहसम्म व्यापक जनसहभागिता सुनिश्चित गर्ने उद्देश्यले विस्तृत जनपरिचालन कार्ययोजना पनि पारित गरेको छ ।
एमालेले महाधिवेशनको उद्घाटन सत्रलाई भव्य र सफल बनाउन आगामी दिनहरूमा जनपरिचालन अभियानलाई अझ सशक्त रूपमा अघि बढाइने प्रतिबद्धता जनाएको छ।