© २०२३
बुटवल ।
लुम्बिनी प्रदेशसभा सातौँ अधिवेशनमा प्रतिपक्षी दल नेपाली कम्युनिष्टका प्रमुख सचेतक इन्द्रजीत चौधरीले देश अहिले जटिल अवस्थामा रहेको भन्दै राजनीतिक दलहरूहरुले आत्म समीक्षा गर्न जरुरी भएको बताएका छन् ।
अधिवेशनको प्रारम्भिक बैठकलाई सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक चौधरीले वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रतिनिधिसभाबाट दलहरू विस्थापित हुनुमा राजनीतिक दलहरू नै मुख्य कारण भएको बताए ।
संविधान जोगाउन भन्दै अन्तरिम सरकार बन्नु र राज्यसत्ता अनिश्चिततामा हुनु देशको लोकतान्त्रिक यात्राका लागि चुनौतीपूर्ण सङ्केत हुनु हो उनले भने । जेनजी आन्दोलन पछि नेपालको “संविधान स्वयं ‘कोमामा’ गएको जस्तो अवस्था देखिएको छ ।
यस्तो परिस्थितिमा सबै राजनीतिक दलहरूले आत्म समीक्षा गर्नपर्छ,” चौधरीले बताए ।
उनले भने अहिलेको जटिल परिस्थितिमा नेपाली कम्युनिस्ट पार्टीले पनि कमजोरी सच्याउँदै अगाडि बढ्ने बताए । “नेपालको राष्ट्रियता जोखिममा छ। राजनीतिक दलहरूले समयमै आत्म समीक्षा गर्न सकेनन् भने यो देशको नेतृत्व लिन सक्ने क्षमता कमजोर बन्छ,” उनले भने ।
चौधरीका अनुसार वर्तमान राजनीतिक अस्थिरता, सरकारी निर्णय–प्रक्रियामा बाह्य प्रभाव र दलाल–बिचौलियाहरूको हावीपनले देशको राष्ट्रियता नै सङ्कटमा परेको छ। “कसले सरकार र ब्युरोक्रेसी चलाइरहेको छ भन्ने प्रश्न सबैले गम्भीरतापूर्वक बुझ्नुपर्छ। विदेशी बिचौलियाहरूको प्रभाव बढ्नुमा राजनीतिक दलहरू नै जिम्मेवार हुनुपर्ने ,” उनले भने।
उनले पूर्वाधार, नीति तथा कानुन निर्माणमा देखिएको कमजोरी औँल्याउँदै प्रदेश सरकारले प्रदेशसभाका जनप्रतिनिधिलाई पर्याप्त बिजनेस नदिएको भन्दै विकास ऐन ल्याउन पर्ने बताए ।
अहिलेसम्मका आवधिक योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको, जनस्वास्थ्यसँग सम्बन्धित रासायनिक र विषादी जोखिम बढेको कारण नसर्ने रोगका सङ्क्रमित भएको बताउँदै लुम्बिनी प्रदेशलाई ‘अर्ग्यानिक प्रदेश’ बनाउनुका लागि गम्भीर छलफल सुरु गर्नु पर्ने बताए ।
प्रमुख सचेतक चौधरीले सरकारलाई सदन क्रियाशील बनाउन आग्रह गर्दै जेनजी आन्दोलनले उठाएका सकारात्मक मुद्दाप्रति ऐक्यबद्धता जनाए। “जेनजीहरूका यथोचित माग पूरा गर्ने दिशामा अघि बढ्न नेपाली कम्युनिष्ट पार्टी तयार रहेको बताउँदै । प्रदेश सरकारले पनि जनताको सेवा गर्ने प्रतिबद्धता देखाउनुपर्छ,” उनले भने।