ट्रेंडिंग:

>> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद

कानुनसम्मत नियुक्तिमा अनावश्यक टिप्पणी नगर्न प्रधानमन्त्री सचिवालयको आग्रह

८ मंसिर २०८२, सोमबार
८ मंसिर २०८२, सोमबार

काठमान्डौ, ८ मंसिर ।

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य तथा नातेदारलाई नियुक्त गरेको भन्दै सार्वजनिक रूपमा उठेका प्रश्नहरुबारे प्रतिक्रिया दिएको छ ।

सचिवालयका अनुसार प्रमुख स्वकीय सचिवलाई अनावश्यक रूपमा लाञ्छित गर्दै तथ्यहीन आरोप जोडिएको छ । कतै केवल थर मिलेको र कतै जातीय पृष्ठभूमि समान भएको आधारमा नातेदार ठहर्याई गरिएको प्रचार भ्रामक रहेको सचिवालयले स्पष्ट पारेको छ ।

चौतर्फी आलोचनापछिआज बिहान प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नु पर्ने, चौबीसै घण्टा साथमा रहेर खटिनुपर्ने कार्यप्रकृतिका कारण सुरक्षासम्बन्धी विश्वासिलो, भरपर्दो र दिन–रात काम गर्न सक्षम व्यक्तिलाई कानुनी प्रक्रिया पूरा गरी नियुक्त गरिएको हो । यस विषयमा अनावश्यक व्याख्या–व्याख्यान नगर्न अनुरोध छ ।”

“यसबाहेक अन्य नियुक्तिहरुमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रुपमा जोडिएको र कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको देखिएकोले त्यसो नगरिदिन हुन पनि अनुरोध छ,’ विज्ञप्तिमा लेखिएको छ ।

जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले मितव्ययिता, पारदर्शिता र जवाफदेहिताका सिद्धान्तप्रति संवेदनशील रहँदै सोहीअनुसार जिम्मेवारी निर्वाह गर्दै आएको सचिवालयले जनाएको छ ।

राज्यकोषमा न्यूनतम भार पर्न दिने उद्देश्यले प्रधानमन्त्रीको सचिवालय अत्यन्तै सीमित जनशक्तिबाट सञ्चालन भइरहेको पनि विज्ञप्तिमा प्रष्ट्याइएको छ ।

कार्यालयका अनुसार कार्यविधिअनुसार ७ जना सल्लाहकार राख्न सकिने भए पनि हाल २ जना मात्र नियुक्त छन् । त्यस्तै, १९ दरबन्दीमध्ये ४ जना मात्र विज्ञ कर्मचारी नियुक्त गरिएको छ, जसमध्ये एक जना अवैतनिक छन् । स्वकीय सचिवालयमा ४१ जनाको दरबन्दी भए पनि हाल १४ जना मात्र कार्यरत छन् ।

विज्ञप्तिमा भनिएको छ, “कुल ६७ जनाको दरबन्दी रहे पनि विगतका सरकारहरूले प्रायः सबै पदमा कर्मचारी भरेका थिए । तर वर्तमान प्रधानमन्त्रीज्यूले अत्यावश्यक र नगरी नहुने कार्यका लागि मात्र २० जनाको सीमित सचिवालय गठन गर्नुभएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?