ट्रेंडिंग:

>> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास

रिचार्ज खोज्दै निस्केकी बालिका तस्करीको जालमा : सीमाबाट सुरक्षित फिर्ता

८ मंसिर २०८२, सोमबार
८ मंसिर २०८२, सोमबार

चन्द्रौटा, ८ मंसिर

आछामको एक शान्त बस्तीमा रहेको घरबाट केही टाढाको पसलसम्मको दूरी १३ वर्षीया एडिका (परिवर्तित नाम) ले कहिल्यै खतराको बाटो ठानिनन्। त्यो दिन पनि उनले सामान्य कामकै रूपमा मोबाइल रिचार्ज किन्न मात्रै घरबाहिर पाइला सारिन्। तर उनको यही सानो पाइला अकल्पनीय अँध्यारो यात्राको ढोकासम्म पुग्नेछ भन्ने उनलाई थाहा थिएन।

पसल फर्कँदै गर्दा भेटिएका स्थानीय व्यक्तिसँग पहिलो भेट साधारणजस्तै देखियो। तर यिनै व्यक्तिले विस्तारै ‘सजिलो काम’ र ‘राम्रै कमाइ’ को सपनाले एडिकालाई आफ्नो जालमा फसाउँदै लगे।
मेरो भविष्य राम्रो हुने छ भन्ने विश्वास बोकेर एडिकाले एक दिन घर–परिवारलाई केही नभनी दिल्लीको रोजगार यात्रामा निस्कने निर्णय दिइन्।

एक महिनाअघि, त्यही व्यक्तिको पछिपछि उनी सीमा नाघेर भारतको गोरखपुरसम्म पुगिसकेकी थिइन्। तर यहाँ सबै कुरा ‘सजिलो’ हुने छैन भन्ने संकेत पहिलोपटक देखियो। उनी शंकास्पद लागेपछि केही नेपालीले स्थानीय प्रहरीलाई खबर गरे, र त्यो खबरले एडिकाको जीवन रक्षाको पहिलो ढोका खोल्यो।

रेल्वे प्रहरीले सोधपुछ सुरु गरेकै क्षण एडिकालाई साथ ल्याएको व्यक्तिले मौका छोपी फरार भयो।
बालिकाको बयानले पुस्ट्यायो—उनी दिल्ली पु-याएर ‘जागिर लगाइदिन्छु’ भन्दै लोभ देखाइएको थियो।
यस्तै मिठा वाचा र झूटा आश्वासनकै भरमा प्रत्येक वर्ष सीमा क्षेत्रमा सयौँ बालबालिका तस्करीको जोखिममा पारिन्छन्। एडिका पनि त्यही भीषण जोखिमको ढोकासम्म पुगेकी थिइन्।

उनी पाइएको केही समयमै भारतको बाल संरक्षण समितिको समन्वयमा प्रतिक्षा बालिका आश्रयगृह, गोरखपुरमा राखियो।

शान्ति पुनर्स्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भुमिराज भट्टराईका अनुसार—एडिकालाई दिल्लीमा ‘राम्रो कमाइ हुने जागिर’ को नाममा बेचिने सम्भावनासहित लगिएको देखिन्छ।

नेपाल दूतावास, हेल्पक्रस र शान्ति पुनर्स्थापना गृहको संयुक्त प्रयासमा गत मंसिर २ गते उनलाई नेपाल फर्काइयो।

त्यसपछि उनलाई कपिलवस्तुको कृष्णनगरस्थित अवाधिक गृहमा सुरक्षित राखिएको गृहका संयोजक डिल्लीराज (दिनेश) तिमिल्सिनाले जानकारी दिए।

उनका अनुसार, कृष्णनगर नाका अत्यधिक जोखिमयुक्त क्षेत्र भएकाले यहाँ बालबालिकाको उद्धार, निगरानी र सचेतनालाई गृहले विशेष प्राथमिकतामा राख्दै आएको छ।

एडिकाको कथा एक बालिकाको मात्र पीडा होइन—यो नेपाल–भारत सीमानामा दोहोरिने खतरनाक वास्तविकताको प्रतिनिधि कथा हो।

रिचार्ज जत्तिकै सामान्य कामले पनि कसरी बालबालिकालाई तस्करीको दानवी चक्रमा फसाउन सक्छ, एडिकाको अनुभवले फेरि देखाइदिएको छ।

उनको उद्धारले एउटा जीवन बच्यो। तर प्रश्न उस्तै छ—कति एडिकाहरू अझै खतराको बाटोमा छन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?