Butwal Today

कर्णालीले टस जित्यो, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

८ मंसिर २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, ८ मंसिर ।

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेर फिल्डिङ रोजेको छ ।

त्रिवि क्रिकेट मैदानमा सम्पन्न टसपछि कर्णालीका कप्तान सोमपाल कामीले फिल्डिङ गर्ने निर्णय लिएपछि सुदूरपश्चिम रोयल्सले पहिलो ब्याटिङ गर्ने भएको छ ।

कर्णालीले यसअघि खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार ब्यहोरेको छ । यता, सुदूरपश्चिम रोयल्स लगातार दुई खेल जित्दै अपराजित रहेको छ ।

दुवै टोलीले आजको खेलका लागि प्लेइङ–११ मा कुनै परिवर्तन नगरेको जनाइएको छ ।