© २०२३
काठमान्डौ, ८ मंसिर ।
नेपाल प्रहरीका रिक्त डीआईजी ईश्वर कार्की अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिको सिफारिसअनुसार कार्कीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
कोसी प्रदेशका प्रहरी प्रमुखसमेत रहेका कार्की बढुवा सिफारिसमा पहिलो नम्बरमा परेका थिए । काठमाडौँ उपत्यका प्रमुख दानबहादुर कार्की प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि एआईजीको एक पद खाली भएको थियो ।
नेपाल प्रहरीमा एआईजीको कुल दरबन्दी ८ रहेको छ, जसमा हाल ७ जना कार्यरत छन् । प्रधान कार्यालयमा मानवस्रोत विकास, प्रशासन, अपराध अनुसन्धान, कार्य तथा प्रदेश समन्वय गरी पाँच विभागमा एआईजी पद छन् ।
यस्तै, प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान र सीआईबीमा पनि एआईजीकै दरबन्दी छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा एआईजी दरबन्दी रहे पनि हालसम्म प्रमुख नियुक्त नहुँदा पद रिक्त रहेको छ ।