© २०२३
चन्द्रौटा, ०८ मंसिर ।
आछामकी १३ वर्षीया एडिका (परिवर्तित नाम) को दिन साधारण नै थियो । घर नजिकैको पसलमा मोबाइल रिचार्ज किन्न निस्केकी थिइन् उनी ।
तर सोही बाटो, सोही क्षण र एक स्थानीय व्यक्तिसँगको भेटघाटले उनको जीवन अकल्पनीय मोडतिर धकेल्दै लग्यो । करिब एक महिना अगाडिको कुरा हो । एडिका ती व्यक्तिको कुराको प्रलोभनमा परी भारतको गोरखपुर रेल्वे स्टेशनमा पुगेकी पुगिन्, एडिका ।
पसलबाट फर्कँदै गर्दा भेटिएका स्थानीय व्यक्तिसँग उनको नियमित कुरा हुन थाल्यो । बालिकाको मोबाइल नम्बर पाएका उनले ‘सजिलो काम, राम्रै कमाइ’ को सपना देखाउँदै उनीमाथि विश्वासको जाल बुनिरहेका रहेछन् ।
एडिका त्यो विश्वासमा डुब्दै आफ्नो भविष्य राम्रो हुने आशामा घर–परिवारलाई केही नभनी यात्रा गर्न तय गरेकी थिइन् । एक महिनाअघि, सोही व्यक्तिको पछिपछि उनी नेपालबाट भारतको गोरखपुरसम्म पुगिसकेकी थिइन् ।
त्यहाँ शङ्कास्पद देखेपछि नेपालीले स्थानीय भारतीय प्रहरीलाई जानकारी गएका थिए । रेल्वे प्रहरीले सोधपुछ गर्दा ती बालिकासँग भएका मानिस फरार रहेको बयानमा खुलेको स्रोतले जनाएको छ ।
रेल्वे प्रहरीले सोधपुछ सुरु गर्दा बालिकालाई भारत पु¥याउन साथ आएका व्यक्ति भने त्यत्तिकैमा फरार भइसकेका थिए । बालिकाको बयानमा खुल्यो—उनी दिल्ली पु¥याई जागिर लगाइदिने, ‘रोजगारीको व्यवस्था गर्दै छु’ भन्ने लोभ देखाइएको रहेछ ।
त्यस्तै कथाले हजारौँ बालबालिकालाई सीमा पार गराइन्छ । एडिका पनि सोही जोखिमको ढोकासम्म पुगेकी थिइन् । रेल्वे प्रहरीले बालिकालाई भारतको बाल संरक्षण समिति (सि.डव्लु.सि) को समन्वयमा भारतको प्रतीक्षा बालिका आश्रय गृह गोरखपुरमा राखी नेपाल स्थित शान्ति पुनर्स्थापना गृह नेपालका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराई जानकारी दिए ।
संयोजक भट्टराईका अनुसार बालिकाको स्थानीय रहेको ती व्यक्ति उनलाई दिल्लीमा पु¥याई राम्रो कमाई हुने जागिर दिने प्रलोभन देखाएका थिए । नेपाल राजदूतावास, हेल्प क्रस र शान्ति पुन स्थापना गृहको समन्वयमा यहि गत २ गते भारतबाट उद्धार गरिएका ती बालिकालाई गृह कृष्णनगर कपिलवस्तुको अवाधिक गृहमा सुरक्षित राखिएको गृहका संयोजक डिल्लीराज (दिनेश) तिमिल्सिनाले बताए ।
बिशेष गरी कृष्णनगर नाका बढी आवतजावतमा हुने नाका भएकोले प्राथमिकतामा राखिएको उनले बताए । गृहले यस क्षेत्रमा लामो समयदेखि निरन्तर सचेतना मूलक कार्यक्रमदेखि उद्धार सम्म उल्लेखनीय कार्य गर्दै आएको उनको भनाइ छ ।