© 2026
काठमान्डौ, ८ मंसिर ।
साउनदेखि कात्तिकसम्म विभिन्न देशबाट नेपालमा विद्युतीय सवारीसाधनको ठूलो आयात भएको छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको चार महिनामा चीन, भारत, थाइल्यान्ड, कोरिया, बेलायत र अमेरिकालगायतका देशबाट विभिन्न प्रकारका विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्रिएका छन् ।
यसअनुसार चीनबाट २१ करोड ६३ लाख ३९ हजार रुपैयाँका ४८ वटा विद्युतीय मिनिबस नेपाल ल्याइएका छन् । जसबाट सरकारले ३ करोड ६७ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यसैगरी चीनबाटै ५९ करोड ९७ लाख १७ हजारका २१३ वटा माइक्रो बस भित्रिँदा सरकारलाई १५ करोड ८५ लाख ७१ हजार रुपैयाँ राजस्व आएको छ । चीनबाट जिप कार भ्यानतर्फ २४ वटा सवारीसाधन भित्रिएका छन् । ६ करोड १२ लाख ६४ हजारका यी सवारीसाधनबाट सरकारले २ करोड ६५ लाख ९ हजार राजस्व पाएको विभागले जनाएको छ ।
चीनबाटै अनअसेम्बल्ड विद्युतीय तीनपांग्रे ३ हजार ४८५ वटा भित्रिएको देखिएको छ । ३५ करोड ७४ लाख ११ हजारका यी तीनपांग्रे आयातबाट सरकारले १२ करोड ३९ लाख ९९ हजार राजस्व संकलन गरेको छ ।
अनअसेम्बल्ड विद्युतीय तीनपांग्रे सोही अवधिमा भारतबाट ८५ वटा भित्रिएका छन् । १ करोड १६ लाख ८९ हजारका यी साधन भित्रिँदा सरकारले ३८ लाख राजस्व संकलन गरेको छ ।
चीनबाट विद्युतीय जिप कार भ्यान (५० किलोवाटसम्म) १ अर्ब ९ करोड ७६ लाख ९५ हजार मूल्यका ६६० वटा सवारीसाधन भित्रिएबापत ४७ करोड २१ लाख ५६ हजार राजस्व सरकारलाई प्राप्त भएको छ ।
यता ५० किलोवाटसम्म भारतबाट यस्ता ३४२ वटा सवारीसाधन भित्रिएका छन् । ५९ करोड २२ लाख ९८ हजारका यी साधन आयात हुँदा सरकारले २५ करोड ६१ लाख ३२ हजार राजस्व पाएको छ ।
५१ किलोवाटदेखि १०० किलोवाटसम्म चीनबाट ३ अर्ब ३० करोड ६१ लाख ८३ हजारका १ हजार २ सय ६७ वटा भित्रिएका छन् । जसबाट २ अर्ब ९ करोड ६७ लाख ६२ हजार राजस्व प्राप्त भएको छ ।
५१ किलोवाटदेखि १०० किलोवाटसम्म भारतबाट २ सय ७६ वटा ६५ करोड ११ लाख ८० हजारका सवारीसाधन भित्रिएका छन् । यसबाट ४१ करोड ५० लाख ४५ हजार राजस्व प्राप्त हुँदा ५१ किलोवाटदेखि १०० किलोवाटसम्म थाइल्यान्डबाट २ सय ८२ वटा भित्रिएका छन् । ७८ करोड ४५ लाख ६६ हजारका यी साधनबाट ५० करोड ५९ हजार रुपैयाँ आयात राजस्व संकलन भएको छ ।
यसबाहेक ५१ किलोवाटदेखि १०० किलोवाटसम्म बेलायतबाट एउटा ४९ लाख ८८ हजार भित्रिएको छ । जसबाट सरकारले ३१ लाख ७९ हजार राजस्व संकलन भएको छ । १०१ किलोवाटदेखि २०० किलोवाटसम्म चीनबाट ३४९ वटा सवारीसाधन भित्रिएको छ । ९८ करोड २० लाख १७ हजारका यी साधनबाट ८३ करोड ५६ लाख ४० हजार राजस्व संकलन भएको छ ।
१०१ किलोवाटदेखि २०० किलोवाटसम्म जर्मनीबाट ५ वटा ईभी भित्रिएको विभागले जनाएको छ । ३ करोड ७५ लाख ४८ हजारका यी साधनबाट ३ करोड १९ लाख ५१ हजार राजस्व आएको छ । त्यसैगरी १०१ किलोवाटदेखि २०० किलोवाटसम्म भारतबाट ८ वटा भित्रिएको छ। २ करोड ७९ लाख २५ हजारका यी साधनबाट पनि २ करोड २ लाख ७९ हजार राजस्व संकलन भएको छ ।
१०१ किलोवाटदेखि २०० किलोवाटसम्म कोरियाबाट दुई वटा १ करोड ५७ लाख २५ हजारका साधन भित्रिँदा १ करोड ३३ लाख ८१ हजार रुपैयाँ संकलन भएको विभागले उल्लेख गरेको छ । यसबाहेक १०१ किलोवाटदेखि २०० किलोवाटसम्म अमेरिकाबाट १० वटा ४ करोड ३२ लाख ७८ हजारका सवारीसाधन भित्रिएका छन् । जसबाट ३ करोड ६८ लाख २७ हजार रुपैयाँ राजस्व थपिएको छ ।
२०१ किलोवाटदेखि माथिका अमेरिकाबाट एउटा ४८ लाख ४९ हजारको सवारीसाधन भित्रिँदा ७५ लाख ७९ हजार रुपैयाँ राजस्व आएको छ ।
भन्सार विभागका अनुसार यस अवधिमा नेपालले विभिन्न विद्युतीय सवारीसाधन आयातबाट कुल करोडौं रुपैयाँ राजस्व संकलन गरेको छ । चीन र भारतबाट ठूलो मात्रा आयात भए पनि थाइल्यान्ड, कोरिया, बेलायत, जर्मनी र अमेरिका जस्ता देशबाट पनि उल्लेखनीय आयात भएको देखिन्छ ।