© २०२३
काठमाडौं, ८ मंसिर ।
बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । सोमबार अपराह्न उनको आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बलिउड फिल्म निर्माता करण जोहरले धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उनी लेख्छन्, ‘धर्मेन्द्रको निधनले एक युगको अन्त्य भएको छ । एउटा विशाल मेगास्टार, मुख्यधारको सिनेमाका सच्चा हिरोको पहिचान बनाउने उहाँ भारतीय सिनेमाको इतिहासमा सधैं चम्किरहनुहुनेछ ।’
यस्तै, बलिउडका दिग्गज कलाकारहरू हेमा मालिनी, अमिताभ बच्चन, आमिर खानलगायत आर्यघाट पुगेका छन् । यसअघि धर्मेन्द्रको निवासमा एम्बुलेन्ससहितका गाडी र घर बाहिर सुरक्षा बढाइएको थियो ।