© २०२३
काठमाडौँ ।
विराटनगर किङ्सको टप अर्डर नचल्दा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सका लागि जितका उद्देश्यले १ सय ३६ रनको लक्ष्य प्रस्तुत गरिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३५ रन जोड्यो ।
विराटनगरका लागि शुभम रजानेले सर्वाधिक ३७ रन बनाए । २९ बलमा २ चौका र २ छक्का प्रहार गरेका शुभम रन आउट भएका थिए ।
बसिर अहमदले ३५ बलमा ३ छक्काको मद्दतले ३६ रन जोडे । ओपनर लोकेश बमले २८ रन बनाए । माटिन गप्टिलले १३ र जर्ज मुन्सेले १० रन जोडे । नारायण जोशी २ रनमै आउट भए ।
मर्चेन्ट डे लाङ्गे शून्य रनमै रन आउट भए । प्रतिश जी.सी. २ रनमा तथा सन्दीप लामिछाने शून्य रनमा अविजित रहे ।
जनकपुरका लागि संगीत कोरे र रुपेश सिंहले समान २–२ विकेट लिए । आदित्य महतोले एक विकेट आफ्नो नाममा राखे ।
केहीबेरमै जनकपुरले लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थाल्नेछ।