© २०२३
काठमान्डौ, ८ मंसिर ।
जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र अन्य अपराधिक उपद्रवसम्बन्धी कुल १०४ वटा जाहेरी प्रहरीसमक्ष दर्ता भएका छन् । सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत यिनै मुद्दासम्बन्धी उजुरी परेको प्रहरीले जनाएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी परिसर, काठमाडौंले यसबारे विस्तृत जानकारी दिएको हो ।
जस अनुसार, व्यक्तिगत रुपमा २२ वटा जाहेरी परेका छन् । त्यस्तै, सरकारी कार्यालयरप्रहरी प्रतिवेदन ६६ वटा र संस्थागत १६ वटा जाहेरी परेको प्रहरीले जनाएको छ ।
प्रहरीले प्राप्त उजुरीका आधारमा आवश्यक अनुसन्धान अघि बढाइने जनाएको छ ।