ट्रेंडिंग:

>> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

जन्मभूमिका लागि अब काम गर्ने बेला आएको छ : पूर्वअध्यक्ष आचार्य

७ मंसिर २०८२, आइतबार
७ मंसिर २०८२, आइतबार

कतार, ७ मंसिर 

दोहा, कतार – एनआरएनए आइसिसीका पूर्व अध्यक्ष कुल आचार्यले जन्मभूमिप्रति अब वास्तविक योगदान दिनुपर्ने समय आएको बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसी कतारले आयोजना गरेको “भेटघाट” कार्यक्रममा सम्बोधन गर्दै उनले विदेशमा बसेका नेपालीहरू बोल्ने मात्र होइन, राष्ट्र निर्माण र समृद्धिको यात्रामा सक्रियतापूर्वक सहभागी हुनुपर्नेमा जोड दिए।

आचार्यले भने, “हामीलाई जन्माउने मातृभूमि अहिले अप्ठ्यारो अवस्थाबाट गुज्रिइरहेकी छ। यस्ता चुनौतीपूर्ण परिस्थितिमा विश्वभर रहेका नेपालीहरूले देश निर्माणका लागि जुट्नैपर्छ।” देशले विदेशमा रहेका नेपालीहरूप्रति आज पनि ठूलो अपेक्षा राखेको भन्दै उनले थपे, “विदेशमा बसेको भन्दै जिम्मेवारी कम हुँदैन। अहिले केही गर्ने उत्तम समय यही हो।”

कतारमा रहेका दुईवटा एनसिसी इकाइबीच चलिरहेको विवाद सर्वोच्च अदालतको परमादेशअनुसार चाँडै समाधान हुने भरोसा आचार्यले व्यक्त गरे। एकता कायम भएपछि नेपालले खोजिरहेको समृद्धि यात्रामा यसले थप ऊर्जा दिने उनको विश्वास थियो।

Oplus_131072

नाकाबन्दी, कोभिड महामारी, बाढी–पहिरो, भूकम्प तथा अन्य प्राकृतिक विपत्का कठिन क्षणमा एनआरएनए एनसिसी कतार र कतारमा रहेका नेपाली श्रमिकहरूले गरेको सहयोगप्रति उनले उच्च प्रशंसा व्यक्त गरे।

कार्यक्रम एनआरएनए एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीको सभापतित्वमा तथा पूर्व अध्यक्ष आचार्यकै प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमकै दौरान आचार्यलाई खादा ओढाएर सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रम सामाजिक सुरक्षा कोष, लगानीका अवसर तथा एनआरएनएका समसामयिक विषयमा केन्द्रित रहेको थियो।

भेटघाट कार्यक्रममा कतारका लागि नेपाल सरकारका पर्यटन दूत राजेन्द्र कुमार शर्मा, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, राज रेग्मी, सागर नेपाल, रमेश भट्टलगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए।

समापन मन्तव्यमा सभापति पन्थीले कतारमा रहेका दुई एनसिसी इकाइबीच एकता कायम गर्न सकिएमा नेपाली श्रमिकहरूलाई ठोस फाइदा पुग्ने तथा समुदायमा आपसी सद्भाव र विश्वास अझै मजबुत हुने बताए।
कार्यक्रमको सहजीकरण एनसिसी कतारका महासचिव विवेक पुलामी मगरले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?