© 2026
गुल्मी, ७ मंसिर ।
गुल्मीको धुर्कोट गाउँपालिका–६ लाहातामा बस्ने करिब ४० वर्षीया सिता थापा हराएको १० दिनपछि मृत अवस्थामा फेला परेकी छन् । कात्तिक २६ गते दिउँसो परिवारलाई जानकारी नदिई घरबाट निस्किएकी थापा खोजतलासका क्रममा नभेटिएपछि मंसिर ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको परिवारले बताएका थिए ।
थापा धुर्कोट गाउँपालिका–५ कुम्ला बनडाँडास्थित मुक्तिनाथ भण्डारीको ढुंगा–माटोले ढाकिएको खाली घरभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, घटनास्थललाई सुरक्षित गरेर थप अनुसन्धान अघि बढाइएको छ ।
मृतकको शव सडेगलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।