Butwal Today

सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो

७ मंसिर २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

गएको शुक्रबार तोलामा १,३०० रुपैयाँले घटेको सुनको मूल्य आज फेरि बढेको छ । प्रतितोला २,९०० रुपैयाँले वृद्धि भई सुनको मूल्य आज २,४४,६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्य १,३०० रुपैयाँ घटेर प्रतितोला २,४१,७०० रुपैयाँमा झरेको थियो ।

गएको असोज ३१ गते सुनको मूल्य प्रतितोला २,५८,८०० रुपैयाँ पुगेको थियो, जसलाई हालसम्मकै सबैभन्दा उच्च मूल्य मानिन्छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३५ रुपैयाँले वृद्धि भई चाँदीको मूल्य आज ३,१३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।