Butwal Today

प्रधानमन्त्री कार्कीविरुद्ध लिखित जवाफ माग्ने सर्वोच्चको आदेश

७ मंसिर २०८२, आइतबार
अ+
अ-

 काठमाडौं, ७ मंसिर ।

सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग्ने आदेश दिएको छ ।

राजदूत फिर्ताको निर्णयमा अदालतको आदेश पालना नगरेको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलनामा कारवाही हुनुपर्ने भनी सर्वोच्च अदालतमा निवेदन पेश गरेका थिए ।

त्यही निवेदनको सुनुवाइपछि न्यायाधीश हरि फूयाल र अब्दुल अजिज मुसलमानको इजलासले प्रधानमन्त्री कार्कीबाट लिखित जवाफ माग्ने आदेश जारी गरेको हो ।