© २०२३
नवलपरासी,पश्चिम् ।
पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम गराएको छ ।
द्यालयले शिक्षकहरूलाई उत्प्रेरणा तालिम गराएको हो ।६ गतेबाट सुरु भएको तालिम ८ गते सम्म सञ्चालन हुने छ ।
त्यसमा विद्यार्थी एवम् शिक्षकका लागि प्रार्थना व्यवस्थापन सम्बन्धी तालिम गराइएको थियो । प्रशिक्षक हरिश ओलीले शिक्षकलाई उत्प्रेरणा तालिम दिएका हुन ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य विश्व प्रेम पाठकले शिक्षण सिकाई फरक अभ्यासबाट लगिनु पर्नेमा जोड दिँदै शिक्षण पेसालाई सम्मानित पेसा बनाउन सके मात्रै शिक्षकहरूको मनोबल बढ्ने र तब मात्रै शैक्षिक गुणस्तर सुधार हुन सक्ने औँल्याए ।
अझै पनि शिक्षा ऐन जारी नभएकाले स्थानीय तहले चाहेर मात्रै शैक्षिक सुधार हुन नसक्ने बताउँदै उहाँले तिनै तहका सरकारको संयुक्त प्रयास हुनुपर्नेमा जोड दिए ।
नगरप्रमुख शम्भुलाल श्रेष्ठले शिक्षकहरूमा सकारात्मक ऊर्जाले शैक्षिक गुणस्तरमा वृद्धि हुने विश्वासका साथ नगरप्रमुखका १२ अभियान अन्तर्गत व्यावहारिक उत्प्रेरणा तालिमको आयोजना गरिएको बताए ।
गङ्गा माविका प्रधानाध्यापक भुपेन्द्र रिजालले तालिमबाट प्रार्थना व्यवस्थापन, विद्यार्थी, शिक्षक र अभिभावकको सम्बन्धलगायत धेरै विषयमा जानकारी प्राप्त भएको र थप ऊर्जा प्राप्त भएको बताए ।
उपप्रमुख रुद्र प्रकाश उपाध्यायले विद्यार्थीलाई असल संस्कृतिको विकास गर्न कार्यक्रमको आयोजना गरिएको बताउँदै तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।
सामुदायिक विद्यालयको गुणस्तर सुधारका निम्ति विद्यार्थीलाई पढाउने नभै सिकाउने उद्देश्य सहित तालिमको आयोजना गरिएको हो । विद्यार्थीहरूलाई शिक्षक र अभिभावक प्रति सम्मान गर्ने वातावरण तयार गर्न व्यवहारिक शिक्षा अपरिहार्य रहनेमा जोड दिइएको छ ।
उत्प्रेरणा कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुने हुँदा आफूहरू सिङ्गो नगरको शैक्षिक गुणस्तर वृद्धिको अभियानमा लागेको जनाउँदै यो अभियानमा सबै जोडिन नगरप्रमुख शम्भुलाल श्रेष्ठले आग्रह गरे ।