© 2026
राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि १३ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दर्ताको निवेदन दिएका छन्। आयोगका राजनीतिक महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईका अनुसार निवेदन दिनका लागि तोकिएको अन्तिम दिन आइतबार साँझसम्ममा १३ वटा निवेदन आएको हो
नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनमत, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी नेपाललगायतले दर्ताको निवेदन दिएका हुन्। माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ।
त्यसैगरी, प्रतिनिधिसभाका लागि ५६ वटा निवेदन आयोगमा दर्ता भएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि मंसिर १० गतेसम्म दर्ताको निवेदन दिने समय तोकिएको छ।