© २०२३
काठमान्डौ, ७ मंसिर ।
नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र रास्वपा छाडेका सन्तोष परियार समूहबीचको एकतापछि नयाँ राजनीतिक शक्ति प्रगतिशील लोकतान्त्रिक पार्टी को घोषणा गरिएको छ । आइतबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित एकता तथा घोषणासभामार्फत नयाँ पार्टी सार्वजनिक गरिएको हो ।
नवघोषित पार्टीले नेसपा (नयाँ शक्ति) ले उपयोग गर्दै आएको आँखा चिन्हलाई नै निर्वाचन चिन्हका रूपमा निरन्तरता दिने निर्णय गरेको छ । पार्टीमा ७ सदस्यीय अध्यक्ष मण्डल रहने व्यवस्था गरिएको छ ।
यसअघि कात्तिक २८ गते बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियान, तथा रास्वपा परित्याग गरी आएका सन्तोष परियार समूहबीच एकता गर्ने सहमति भएको थियो ।