Butwal Today

२०४७ सालको संविधान कार्यान्वयनका लागि माइतीघरमा प्रदर्शन

७ मंसिर २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

२०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै आइतबार दिउँसो माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

प्रदर्शनकारीहरूले शिक्षा र स्वास्थ्य निःशुल्क गर्न समेत माग गरेका छन् ।

त्यस्तै, उनीहरूले रोजगारीको ग्यारेन्टी, २०४६ साल यताको श्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण, २०४६ साल यताको सरकारी गुठी र शिक्षा क्षेत्रको जग्गा फिर्ता गर्न पनि माग गरेका छन् ।

प्रदर्शनकारीहरूले प्रत्येक जिल्लामा श्रम कारागार निर्माण गर्नुपर्ने, संवैधानिक राजसंस्थासहित वैदिक सत्य सनातनी हिन्दु राज्य कायम राख्नुपर्ने माग समेत राखेका छन् ।