ट्रेंडिंग:

>> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै

१६औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारीः रुपन्देही उद्योग संघद्वारा बुटवल मण्डपबाट सेवा सुरु

७ मंसिर २०८२, आइतबार
७ मंसिर २०८२, आइतबार

बुटवल ।

रुपन्देही उद्योग संघको आयोजनामा “समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मूल नाराका साथ पुस ३ देखि १७ गतेसम्म १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव२०८२ को तयारीका लागि बुटवल मण्डपबाट सेवा सुरु गरेको छ ।

आइतबार कार्यालयको सबै सेवा मण्डपमा सारेर औपचारिक रुपमा प्रदर्शनीको तयारी थालिएको संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार बुटवल मण्डपमा निर्माणाधीन आधुनिक प्रदर्शनीस्थलमा स्वदेशी उत्पादन, नयां प्रविधि, पर्यटन तथा कृषि उत्पादनको सहभागिताका लागि छुट्टाछुट्टै १० वटा पेभिलियनको व्यवस्था गरिंदैछ । ‘हामीले यस क्षेत्रमा निमार्णाधिन आधुनिक प्रदर्शनी स्थलमा आधुनिक स्तरकै स्टल निर्माण गर्दैछौं ।यसको सजावट देखि व्यवस्थापन हालसम्म आयोजना भएका प्रदर्शनीभन्दा धेरै भिन्नहुने छन् ।

त्यसैको तयारी स्वरुप प्रदर्शनी आयोजनास्थल बुटवल मण्डपमा सचिवालय स्थापना गरेका हौं’ उनले भने ।
प्रदर्शनीभित्र स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने स्वदेशी उत्पादन मात्र समावेश हुने उनको भनाइ छ । बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघ यस आयोजनाका संरक्षक रहने छन् ।

अध्यक्ष पराजुलीका अनुसार प्रदर्शनीका मुख्य उद्देश्यहरुमा स्वदेशी उत्पादनको प्रदर्शनी,नयां प्रविधिको खोजी,कला र संस्कृतिको जगेर्ना कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन,युवा उद्यमीलाई प्रोत्साहन,स्वरोजगार श्रृजना,गोष्ठी र अन्तक्र्रिया रहनेछन् ।

प्रदर्शनीमा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी,छाला जुत्ता, खाद्यान्न, आइटी लगायतका करिव ५०० स्टलहरु रहनेछन् । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता,नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हास्यकलाकार,स्थानीय कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता,कलेजस्तरीय अन्तर कलेज बक्तृत्वकला प्रतियोगिता, लोक भजन प्रतियोगिता,प्रदर्शनी आइडल,त्ष्पत्यप एचयmयतष्यल अयmउभतष्तष्यल आदि प्रतियोगिताहरु रहने छन् ।

प्रदर्शनी सम्पन्न गर्नका लागि रुपन्देही उद्योग संघका अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहाकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, निवर्तमान अध्यक्षको संयोजकत्वमा विशेष मूल्यांकन समिति, ३० वटा विभिन्न उपसमितिहरु गठन गरिने महासचिव सुमन बस्यालले जनाए । प्रदर्शनीको करिव ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको कारोवार हुने अनुमान गरिएको प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले जानकारी दिए ।

यो क्षेत्रमा पुसको प्रदर्शनी आर्थिक, औद्योगिक, साँस्कृतिक तथा सामाजिक विकासमा कोशेढुंगा बन्दै आएको छ ।

रुपन्देही उद्योग संघको पहलमा वि.सं. २०४५ सालदेखि थालनी गरेको प्रर्दशनीको अभियानले पछिल्ला दिनहरुका नयां रुप धारण गर्दै आएको छ । त्यही अभियानको निरन्तरता स्वरुप यस बर्ष संघले १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ आयोजना गर्न लागेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?