ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

कपिलवस्तुमा मात्रै ६ सय २३ सङ्क्रमितले एआरभी सेवा लिँदै

६ मंसिर २०८२, शनिबार
६ मंसिर २०८२, शनिबार

कपिलवस्तु, ०६ मङ्सिर । 

कपिलवस्तु जिल्लाका दुई वटा एआरटी सेन्टरमा ६ सय २३ जना एचआईभीका सङ्क्रमितले नियमित रूपमा एआरटी सेन्टरबाट एआरभी (एन्टीरेट्रो भाइरल) को सेवा लिँदै आएको देखिएको छ ।

एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) ले आयोजना गरेको जिल्ला स्तरका सरोकारवाला बिचको समन्वय बैठकमा सो जानकारी दिइएको हो । तौलिहवा स्थित कपिलवस्तु अस्पतालले सञ्चालन गरेको एआरटी सेन्टरमा २०८२ असोज मसान्त सम्मको अवधिसम्म ८ सय २३ जना एचआइभी सङ्क्रमित दर्ता भएको देखिएको छ ।

जसमध्ये ४ सय ९० सङ्क्रमितले निरन्तर रूपमा एआरभी (एन्टीरेट्रो भाइरल) औषधी सेवन गर्दै आएको कपिलवस्तु अस्पतालका मेडिकल रेकर्ड अधिकृत संजय कोईरीले जानकारी दिए ।

जस मध्ये २ सय १९ जना महिला, २ सय २० जना पुरुष, १५ जना यौनिक अल्पसङ्ख्यक, १९ जना १५ वर्ष मुनीका बालक र १७ जना १५ वर्ष मुनिका बालिका रहेको उनले स्पष्ट पारे । असोज महिनामा मात्रै ४ जना नयाँ सङ्क्रमित एआरभी औषधिका लागि थपिएको उनले जनाए ।

उता महाराजगन्ज प्राथमिक स्वास्थ्य केन्द्रका एआरटी परामर्शदाता देवराज चौधरीका अनुसार सो सेन्टरमा हाल सम्म १ सय ७७ जना सङ्क्रमितले नाम दर्ता गराएका छन् । जस मध्ये हाल १ सय ३३ जनाले नियमित एआरभीको औषधी सेवन गर्दै आएको देखिएको छ ।

महाराजगन्ज एआरटी सेन्टरमा एआरभीको सेवा लिनेहरूमा ६४ जना पुरुष, ५५ जना महिला, २ जना यौनिक अल्पसङ्ख्यक, ५ जना १५ वर्ष मुनीका बालक र ७ जना १५ वर्ष मुनिका बालिका रहेको उनले जनाए ।

दुवै एआरटी सेन्टरको तथ्याङ्कले हाल सम्म जिल्लामा १ हजार जना एचआइभी सङ्क्रमित दर्ता भएको र ६ सय २३ जनाले एआरभीको सेवन गर्दै आएको देखिएको छ ।

एआरटी सेन्टरमा सङ्क्रमितलाई दिइने एआरभी (एन्टीरेट्रो भाइरल) औषधीले सङ्क्रमितको शरीरमा रहेको एचआइभीको भाइरल लोड कम गर्ने काम गर्दछ । जसका कारण सङ्क्रमितले अरूलाई सङ्क्रमण सार्न सक्ने सम्भाव्यता घटाउने काम गर्दछ ।

त्यसै गरी एआरभीका कारण शरीरमा सिडीफोर सेलको सङ्ख्यामा वृद्धि आई रोग सँग लड्न सक्ने क्षमतामा सुधार आउँदै जान्छ । कपिलवस्तु अस्पतालमा रहेको एआरटी सेन्टरमा एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) र नमुना एकीकृत विकास परिषद् नेपालले परामर्शदाता र स्वास्थ्यकर्मी खटाएर सहकार्य गर्दै आएको छ ।

कपिलवस्तु अस्पतालमा रहेको एआरटी सेन्टरमा एएचएफबाट खटिएकी परामर्शदाता कुसुम थापाले सङ्क्रमितले औषधी उपचारमा निरन्तरता नदिने विषयले चुनौती थप्ने गरेको बताइन ।

कतिपय यौनिक अल्पसङ्ख्यकहरू मौसमी रोजगारीमा जाने क्रममा बिचमै एआरभीको औषधी छोड्ने गरेको, कतिपय सङ्क्रमितले नै जोखिमपूर्ण व्यवहार गर्न खोजेको लगायतका समस्या रहेको उनले अनुभव सुनाइन ।

एआरटी सेन्टरमा सेवा लिई रहेका सङ्क्रमितको हरेक ६,६ महिनाको अवधिमा अनिवार्य बेसलाईन अनुगमन गर्ने र सो क्रममा विभिन्न स्वास्थ्य परीक्षण गरिने भएकाले समेत सङ्क्रमितहरू एआरटी सेन्टरको सम्पर्कमा बस्नुपर्ने उनले सुझाव दिइन ।

हालसम्म एआरटी सेन्टरमा सेवा लिन आएका सङ्क्रमितहरू मध्य सबै भन्दा बढी सङ्क्रमण मौसमी रोजगारीमा जाने व्यक्ति र तिनका परिवारका सदस्य, यौनिक अल्पसङ्ख्यक र यौनकर्मी महिलाहरूमा देखिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?