ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

रहतावल वन चुनावमा हचुवाको खेल, गैर–सदस्यको उम्मेदवारी !

६ मंसिर २०८२, शनिबार
६ मंसिर २०८२, शनिबार

चन्द्रौटा, ६ मंसिर ।

शनिबार रहतावल सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन हुने तयारी भएको छ । तर उपभोक्ताको साधारण सदस्य समेत नरहेकोले पनि उम्मेदवारी दिएको पाइएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्ब ३ र ५ अन्तर्गत पर्ने वनमा हात्ती र बाघ चुनाव चिन्हसहित दुई वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । उनीहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

हात्ती चिन्हमा उत्तम चौधरी थारु रहेका छन्, भने बाघ चिन्हमा यज्ञ बहादुर बेल्वासे चुनावमा होमिएका छन् । आम उपभोक्ताहरुका अनुसार दुवै उम्मेदवार बलियो रहेको आंकलन गरिएको छ । तर आज निर्वाचन हुने मात्र केही समय बाँकी रहँदा पनि साधारण सदस्य समेत नरहेका व्यक्तिले उम्मेदवारी दिँदा स्थानीयहरुले प्रश्न उठाएका छन् । अध्यक्ष पदका उम्मेदवार बेल्वासेको प्यानलमा रहेको महिला सदस्यमा गिता थारु वनको सदस्य समेत नरहेको तथ्य फेला परेको छ ।

उम्मेदवारको अन्तिम नामावलीमा रहेको महिला सदस्यमा गिता थारुको घर धुरी संख्या नम्बर ३८६ उल्लेख गरिएको छ । तर सदस्यता नामावलीमा ३८६ नम्बरमा भने पुरुषतर्फ जगदेव थारु र महिलातर्फ थानेश्वरीको नाम उल्लेख छ । यसरी उम्मेदवारी दिँदा भने विगतमा गरिएका कार्य माथि प्रश्न चिन्ह खडा गर्दै यस्ता अवैधानिक गतिविधि नियन्त्रण गर्न उम्मेदवारी दिएको थारुले बताए ।

यता निर्वाचन समितिले प्राविधिक त्रुटि भएको बताएको छ । समितिका अनुसार यस विषयमा उजुरी परेको बताउँदै शनिबार बिहान छलफल गरी टुंगो लगाइने छ । संघीय वन नियमावली, २०७९, को दफा ४२ को उपदफा ८ ले सामुदायिक वन उपभोक्ता समूहको कार्यकारी समिति वा सामुदायिक वन उपभोक्ता समिति गठन गर्न सक्ने र उक्त समितिमा सामुदायिक वनको साधारण उपभोक्ताहरुमध्येबाट समितिको पदाधिकारीमा उम्मेदवार हुन सक्ने प्रावधान छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?