© २०२३
गुल्मी, ६ मंसिर।
गुल्मीमा एक हप्ताको समय अवधिमा राहदानीबाट मात्रै सात लाख बढी राजस्व संकलन भएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म १५१ जनाले राहदानीका बनाउँदा सात लाख ४७ हजार पाँच सय रुपियाँ राजस्व संकलन भएको हो ।
यस्तै एक हप्ताको समय अवधिमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता १५७, प्रतिलिपि १३५, नावलक परिचयपत्र १४, राहदानीको आवेदन संकलन १५१, राहदानी वितरण २३, राष्ट्रिय परिचयपत्रको आवेदन संकलन ४३० राष्ट्रिय परिचयपत्र वितरण २९९, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित ६९ भएको छ ।
यस्तै चार वटा संस्था दर्ता तथा नविकरणबाट दुई हजार चार सय, राष्ट्रिय परिचयपत्रबाट सात हजार पाँच सय गरी कुल सात लाख ५७ हजार चार सय रुपियाँ राजस्व संकलन भएको हो ।