ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

दर्शकको मन जित्न सफल नेपाली चलचित्र ‘परान’

६ मंसिर २०८२, शनिबार
६ मंसिर २०८२, शनिबार

नेपालमा राम्रा चलचित्र बन्छन भन्ने कुरा एक दुई बर्ष अघिसम्म पत्याउनै गाह्रो थियो । तर, पछिल्लो समय नेपालमा निर्माण हुँदै आएका चलचित्रले दर्शकको मन छुन थालेका छन् ।

पहिले नेपाली चलचित्र हेर्न चासो नदिनेहरू अहिले नेपाली चलचित्र हेर्न उत्साहित बन्ने अवस्था आएको छ ।

हलिउड र बलिउडका चलचित्रमात्रै होइन अब नेपाली चलचित्र उद्योगले पनि नेपाली बक्स अफिसमा धुम मच्चाउन थालेका छन् । त्यसको पछिल्लो साक्षी बनेको छ– चलचित्र परान ।

यो प्रसंग पनि चलचित्र परानकै हो । केही दिनयता सामाजिक सञ्जालहरूमा जीवन चलाउन सास भन्दा पनि साथ जरुरी छ भन्ने शब्द निकै भाईरल जस्तै सुनिएको छ । साँच्चै यो शब्दले धेरैलाई एकछिन सोच्न बाध्य पारेको छ ।

जीवनलाई उत्सवमय बनाउनका लागि साथ आवश्यक हुन्छ । त्यो पनि आफूले माया गरेका अन्तरमन र सम्बन्धहरूमा । मानव मात्रै होईन जुनसुकै प्राणीहरूलाई पनि आफ्ना सन्तान परान जत्तिकै लाग्छ ।

उनीहरू विना जीवन नै अँध्यारो लाग्छ । आफ्ना सन्तान भन्दा संसारमा केही चीजले पनि अभिभावकलाई बाँध्न सक्दैन र बाध्य पार्न पनि सक्दैन । तर, सन्तानले यसरी बावु आमालाई बाध्यतामा पार्न सक्छन् जुन कुरा नभने पनि बा आमाले बुझेका छन् ।

यो र यस्तै सन्तानप्रतिको प्रेम दर्शाएर निर्माण गरिएको चलचित्र हो परान । आजभोलि विदेश नजाने घर छैनन होला । हाम्रो समाजमा परिवारको कुनै न कुनै सदस्य विदेशमा गएन वा पुगेन भने परिवारमा केहीको अभाव जस्तै लाग्न थाल्छ ।

यो हाम्रो समाजमा देखिएको बाहिरी रूप हो तर यसभित्रको पीडा जसले सन्तानलाई आफू चाहेर पनि राख्न नसकेका बा आमाको पीडा कस्तो हुन्छ ? भन्ने कुरा चलचित्र परान हेर्ने दर्शकले आत्मबोध गर्न सक्छन ।

चलचित्र परानले सन्तानप्रतिको माया, जिम्मेवारी र बाध्यतालाई मज्जाले देखाउन खोजेको छ । यहाँ सन्तानप्रति बावु आमाको मनले गरेका आशा निरासामा बद्लिँदाको पीडाले धेरैलाई रुवाएको छ । जसले हेर्छ उसले आफ्ना सन्तानलाई चलचित्रको पर्दामा महसुस गर्दछन् ।

यो चलचित्रको बलियो पक्ष हो । चलचित्रको कथा धनकुटाको एउटा गाउँबाट सुरु हुन्छ । जहाँ धर्मनाथ आचार्य (नीर शाह), दुर्गादेवी (पूजा चन्द) का तीन छोरा छन । गाउँकै मान्य धर्मनाथका तीन छोरा मध्ये जेठो (सुब्रत आचार्य) अस्ट्रेलियामा छन् ।

माइलो लक्ष्मीनाथ (प्रवीण खतिवडा) श्रीमती सहित काठमाडौंमा बस्छन् । कान्छो छोरो गोपालनाथ (महेश त्रिपाठी) श्रीमती रूपा सहित गाउँमै बसेका छन् । परिवारसँगै रहेका कान्छा छोरा बा आमाका लागि परान बनेर बसेका छन् । खुसी र सुखी देखिन्छ एकैछिन । हेरिरहँदा मन आनन्द हुन्छ ।

चलचित्रमा प्रमुख पात्र धर्मनाथ आचार्य जसले गाउँलाई सवल बनाउन पढेलेखेका सन्तान गाउँमै बस्नुपर्छ भन्दै भन्दै आईरहेका हुन्छन् । विदेश जानेहरूलाई कसरी रोक्न सकिन्छ भन्ने चिन्ता देखाउँछन् ।

तर, जेटिए पढेर गाउँमै कुखुरा पालेका कान्छा छोरा जब श्रीमती रूपा (अञ्जना बराइली) संगै अमेरिका जाने कुरा हुन्छ त्यसपछि चलचित्रले एकाएक आँशु बर्साउन बाध्य पार्छ । त्यसपछि काठमाडौंमा रहेका माईला छोरालाई गाउँ फर्काउने सोंच जब चलचित्रमा पूरा हुदैन, त्यसले फेरी चलचित्र हेरिरहेका दर्शकलाई रुवाउँछ ।

विदेश गएपछि गाउँ आवश्यक नभएको जस्तो जुन कुरा देखाइएको छ त्यसले धेरै बा आमालाई पीडा हुन्छ । परिवारभित्र त्यसमा पनि बा र छोरा बीचको माया, समझदारी र भावनाको गहिराई कस्तो हुन्छ भन्नेकुरा चलचित्र हेर्ने जो कोही बा आमा वा छोरा छोरीले भित्रैबाट महसुस गर्न सक्छन ।

छोराको चाहना थाहै नपाएझैँ गर्दै पूरा गर्दै जाने बाबु बारे ‘मनको कुरा बुझ्ने भएर त बा भनेका होलान ?’ भन्ने शब्दले धेरैलाई भावुक बनाउँछ । पारिवारिक विषयबस्तुमा धेरै नेपाली चलचित्रहरू बनिरहेका छन् तर केहि न केहि कमजोरीका कारण चलचित्रले भने जस्तो सफलता पाउन सकेको छैन तर ती चलचित्रको अपबाद नै भन्नुपर्छ– परान साँच्चै नै चलचित्र उद्योगमा परान नै बनेर उभिएको देखिन्छ ।

यो चलचित्रको विषय त्यति नयाँ होईन तर चलचित्रले उठान गरेको अहिलेको पारिवारीक अन्तरबस्तुले चलचित्रलाई नयाँ उचाईमा पु¥याउन सफल भएको छ । परानमा पछिल्लो समय छोराछोरीमा बढ्दो विदेश मोहको कुरा र विदेश पठाउन आतुर अभिभावकको बीचमा हुने पीडाको ज्वलन्त प्रस्तुती छ ।

नयाँ पुस्ताले यो देशमा केही आशा नदेख्नु र पुराना पुस्ताले आफ्नो जन्मभूमिलाई गर्ने माया र सम्मान देखाउन खोजिएको छ । चलचित्रका प्रत्येक जसो संवाद आफ्नै जीवनसँग मेल खाएको जस्तो देखिन्छ ।

गाउँ र शहरबीचको भिन्नता छर्लङ्ग देखिएको छ । गाउँघरको माया, सद्भाव र प्रेम झल्किएको छ । उता व्यस्त शहर जहाँ मान्छेलाई मान्छेसँग बोल्ने, रमाउने समय छैन । चलचित्रमा सहरीया जीवनको बाध्यता छर्लङ्ग देखिन्छ । चलचित्रले धेरैको वास्तविकता जीवनलाई भित्रैबाट छोएका कारण धेरै दर्शकले चलचित्रलाई मन पराएका छन् ।

चलचित्र हेरिरहँदा आफ्ना सन्तानलाई सुमसुमाउने अभिभावकहरूको कमी देखिँदैन । कठोर मुटु भएकाहरूको आँखा पनि नरुजेका देखिदैन । मन भारी हुन्छ । साँच्चै आफ्नै जीवनको अनुभूति अभिभावक र तिनका सन्तानले गरिरहेका हुन्छन भने विदेशिन तयार सन्तानले पनि एकपटक बा आमाको माया, प्रेम र भावना सोच्न बाध्य हुन्छन् ।

आजभोली शहर होस या गाउँ बा आमाको अन्तिम अवस्थामा पनि धेरै कम मात्रै सन्तान साथमा हुन्छन् । उमेर ढल्कँदै जाँदा सन्तान नजिकै होस्, आफ्नो ख्याल गरोस् भन्ने चाहना भएपनि कहिले रहरमा त कहिले परिबन्दमा सन्तानको साथ पाउन नसकेका धेरै अभिभावकहरूको कथा बोकेको छ– चलचित्र परानले ।

चलचित्रमा प्रयोग गरिएको तुलसीको मठ, माहुरीको घार, गाईगोठ, गोठसँगै जोठिएका माने (बुद्धि तामाङ्ग), गाउँको चौतारो सबैले चलचित्रलाई जीवन्त बनाएका छन । कान्छा छोराबुहारी विदेश जाँदा अटोको पछाडी ‘पीडा दिलमा, मान्छे चिलमा’ लेखिएको शब्दले धेरैलाई भावुक बनाउँछ । चलचित्रका प्रत्येक शब्द शब्दमा अर्थ छ । यहाँ देखिएका प्रत्येक संवादहरू पनि निकै चोटिला छन् ।

चलचित्रमा नीर शाहले निकै जीवन्त अभिनय गरेका छन । लामो समयपछि चलचित्रमा अभिनय गरेका शाहको अभिनय दमदार छ । उनका कान्छा छोराको चरित्रमा रहेका महेश त्रिपाठी र कान्छी बुहारी अञ्जना बराइलीको अभिनय पनि बलियो छ ।

समय अनुसार अरूको बराबरी गर्नुपर्ने बाध्यता छ उनीहरूलाई । जेठो छोरा सुब्रत, माइलो छोरा प्रवीण खतिवडा र बुहारी केकी अधिकारीको अभिनय ठिकै देखिएको छ । फिल्मको सुरुवातमा नै प्रमोसनल गीत ‘ओए भन्दा पनि मानेन’ राखिएको छ ।

जुन गीत दर्शकले हलबाट बाहिरिँदा पनि सम्झन्छन् । अर्को गीत ‘एक मुठी परान’ पनि मिठो छ । फिल्मको लम्बाइ २ घण्टा २६ मिनेटको छ । यति समयसम्म दर्शक दिर्घामा बसेर चलचित्र हेरिरहदा आनन्द लाग्छ । कथा अनि पटकथा सशक्त छ ।

चलचित्रमा निर शाहको तुलनामा पुजा चन्दको क्यारेक्टर कमजोर देखिन्छ । बावुले माया देखाउँदा आमाको माया धमिलो देखिएको छ । चलचित्रमा तीन सन्तानमध्ये दुई सन्तानसँगको अभिभावकको सम्बन्धमा निर्देशकले जति मिहिनेत गरेका छन्, अष्ट्रेलियामा रहेका जेठो छोराको पाटोमा कमजोर छ ।

जहाँ बा आमाको कमजोरीलाई कोट्याउन मात्र प्रयोग गरिएको महसुस हुन्छ । टेलिसिरियलमा अभिनय र निर्देशनको अनुभव भएका दिपक आचार्यको कथा र निर्देशनमा निर्माण भएको परानमा रहेका शब्दहरूले साँच्चै नै परान भरेको महसुस चलचित्र हेरिरहँदा हुन्छ ।

कथा हेर्दा सामान्य छ । सन्तान विदेश जाँदा त्यसबेला अभिभावकलाई हुने पीडा नै कथाको मुख्य अंश हो तर प्रस्तुती शैली र सम्वादले नै चलचित्रलाई बलियो बनाएको छ । केहि समयदेखि नेपाली चलचित्र खासै राम्रा बन्दैनन् भन्ने भाष्यलाई गलत सावित गर्दे आईरहेका छन् ।

यो बीचमा प्रदर्शनमा आएको चलचित्र परानले थप पुष्टि गर्दे नेपाली सिने उद्योगलाई बलियो प्रमाणित गरिदिएको छ । यो नेपाली समाज, सिनेजगत, कलाकर्मी सबैका लागि सुखद पक्ष रहेको छ ।

अन्त्यमा परान साँच्चै नै हामी अभिभावक र हाम्रा सन्तानलाई जोड्ने परान सावित भएको महसुस हुन्छ । चलचित्रले अझै धेरै उचाई प्राप्त गरोस् । मुरी मुरी शुभकामना ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?